‘प्रदेश र स्थानीय सरकार बीचको सम्बन्धव्यवहारिक बनाउनुपर्छ ’ मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
विराटनगर, ४ वैशाख ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार काकीले प्रदेश र स्थानीय सरकार बीचको सम्बन्धलाई व्यवहारिक बनाउन आवश्यक रहेको बताउनु भएको छ ।
विराटनगरमा आज आयोजित ‘कोशीप्रदेश समन्वय परिषद’को बैठकमा बोल्दै मुख्मन्त्री कार्कीले प्रदेश र स्थानीय सरकार बीचकुनै समस्या आएमा त्यसलाई आपसी समन्वयबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाले यस्ता समस्यालाई आमसञ्चार माध्यममा छरपस्ट नपार्न स्थानीय निकायका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीयदुबै सरकार वित्तीय हिसावले कमजोर भएकाले आपसमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नभयो–‘आगमीवर्ष देखि प्रदेश सरकारको अर्थमन्त्रालयअन्तर्गत राजस्वमहाशाखामार्फत स्थानीयतहसँग समन्वय गरेर काम गर्ने पंद्धतिको विकास गर्ने कुरामाप्रदेश सरकारले ध्यानदिने छ ।’
उहाँले वित्तीयहस्तान्त्रण अन्तर्गत सशर्तको बजेटमा योजनाहोइन क्षेत्र मात्र तोकेर स्थानीयतहमा एकमुष्ट बजेट पठाउने कुरामाप्रदेश सरकारले ध्यानदिने बताउनु भयो । त्यस अघि विभिन्न स्थानीयतहकापदाधिकारीहरुले वित्तीय हस्तान्त्रण मार्फत आउने सशर्तको अनुदानमा योजना नै तोकेर आउने गरेको गुनासो गरेका थिए ।
मुख्यमन्त्री कार्कीले स्थानीयतहका पदाधिकारीहरुले उठाएका विषयमाप्रदेश सरकार गम्भीर रहेको बताउँदै योजनाहरु दोहोरिने समस्या, न्यायिक समितितमादेखिएको जनशक्ति अभावल गायतका विषयमाप्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
बैठकले प्रदेश सरकारको आगमीआर्थिक वर्ष २०८०÷०८१ मा प्रस्तुतहुने वार्षिक नीतितथाकार्यक्रमका सम्बन्धमा, प्रदेश र स्थानीयतहले सञ्चालन गर्ने कार्यहरुको समन्वय, सहजीकरण अनुगमन, राजस्व सङ्कलनतथा बाडफाँड,स्थानीयतहकाआवधिक योजनाहरु निर्माण गर्ने, जिल्ला समन्वय समितिको कार्यव्यवस्थालाई थपप्रभावकारी बनाउन समिति गठन गर्ने, समन्वय परिषदको कामलाई प्रभावकारी बनाउनविभिन्नउपसमितिहरु गठन गर्ने, लगायतकाविषयमाविभिन्न निर्णयहरु गरेको छ ।
बैठकमा कोशीप्रदेश सरकारका प्रमुख सचिव डा दीपक काफ्ले छलफलका विषयहरु प्रस्तुत गर्नु भएको थियो । छलफलका क्रममासमन्वय परिषदका सदस्यहरु, प्रदेश मन्त्रालयका सचिवहरुले प्रस्तुतविषयहरु माथिआआफ्नो धारण राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *