कुमोद अधिकारी
६ असोज
विराटनगर । कोशी प्रदेस कृषि उद्योग तथा सहकारी मन्त्री रामप्रसाद मेहताले प्राकृति विपद्वाट हुने जोखिम न्युनिकरणगर्न कृषि पंशुपक्षि तथा जडिवुटी विमाको प्रभावकारी कार्यान्वय आवश्यक रहेको वताउनु भएको छ ।
विराटनगरमा आज आयोजित कृषि पशुपंक्षितथा जडिवुटि विमा सम्वन्धि प्रदेसगत अभिमुखिकरण कार्यक्रममा उहाले प्राकृतिक प्रकोप, रोग तथा अन्य जोखिमका कारण बाली नष्ट हुँदा बीमा गरिएको भए किसानलाई क्षतिपूर्ति प्राप्त गर्न सहज हुने भएकाले यस्को प्रभावकारी कार्यान्वयमा आवश्यक रहेको प्रष्ट पार्नुभयो .
धनकुटामा सुन्तला र झापामा चिया बालीमा विभिन्न रोग तथा प्रकोपका कारण ठूलो क्षति भएको प्रसंग उल्लेख गर्दै यस्ता जोखिमबाट किसानलाई जोगाउन हरेक किसानलाई कृषि बीमाको दायरामा ल्याउनुपर्ने उहाको भनाई थियो ।
प्राकृतिक प्रकोप, रोग तथा अन्य जोखिमका कारण बाली नष्ट हुँदा बीमा गरिएको भए किसानलाई क्षतिपूर्ति प्राप्त गर्न सहज हुने मन्त्री मेहताको भनाइ।
मन्त्री मेहताले कृषि पेशामा रहेका किसान बिस्तारै पलायन हुँदै गएको भन्दै किसानलाई कृषि पेशामै टिकाइराख्न बीमावारे आम किसानलाइृ जानकारी हुनु आवश्यक रहेको उल्लखे गर्नुभयो ।
किसानले उत्पादन गरेर हामी सबैलाई पालिरहेको अवस्थामा उनीहरूको लगानी र उत्पादनको सुरक्षा राज्यको दायित्व रहेको उहाले उल्लेख गर्नुभयो ।
कृषि बीमालाई प्रभावकारी बनाउँदै किसानलाई कम्तीमा २० प्रतिशतसम्म फाइदा हुनेगरी व्यवस्था गर्न सके राहत पुग्ने मन्त्री मेहताको भनाई थियो ।
संघीय कृषि ऐन नबन्दा प्रदेशमा कृषि सम्बन्धी कानुन निर्माणमा समस्या भइरहेको भन्दै मन्त्री मेहताले संघीय सरकारले चाडै कृषि ऐन बनाउनसके प्रदेश सरकारलाई लाई काम गर्न सहज प्रष्ट पार्नुभयो ।
संघिय सरकारको कृषि वनतथा पर्यावरण मन्त्रालयका सह–सचिव जगन्नथा तिवारीले नेपाल सरकारले कृषिवाली तथा जडिवुटि विमामा ५० देखि ८० प्रतिशत अनुदान दिदापनि विमाको दायरामा किसानलाई सहभागि गराउन नसकिएकाले विमा सम्वन्धमा व्यापक प्रचार प्रसार हुनुपर्नेमा जोड दिनुभयो ।
उधोग कृषितथा सहकारी मन्त्रालय कोशी प्रदेसका सचिव डा पशुपति ढुगा)नाले कृषिवाली विमाको महत्वमाथी प्रकाशपार्दै विमामा पाउने जोखिमको क्षतिपुर्तिको व्यवस्थाल्ई सहज वनाउनुपर्ने वताउनुभयो । उहाले पंशुपक्षि विमा भन्दा वालि विमा गराउने किसानको शख्या किकै कम भएकाले वाली विमामा जोड दिनुभयो स्थानिय स्तरमा विमाको महत्व वारे किसानलाई जानकारी गराउनुपर्ने वताउनुभयो ।
सो अवसरमा कृषि विभागका उप–निर्देशक सुनिल जोशी तथा पशुसेवा विभागका उप–निर्देशक सुलोचना श्रोष्ठले कृषि पशुष्क्षित तथा जडिवुटि विमाको कार्यान्वयन र यस्को चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेसका १४ टै जिल्लाका कृषि ज्ञानकेन्द्रका प्रमुख, कृषि विज्ञ तथा कृषि प्रसार अधिकृत, उधोगी व्यवसायी , किसान तथा कृषि विमा कन्पनीको प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।