मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह सर्वसम्मत

कुमोद अधिकारी
२९ भदौ,
विराटनगर । मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको अध्यक्षमा अनिलकुमार साह सर्वसम्मत हुनु भएको छ ।
संघको विधान तथा नियमावलीअनुसार वाणिज्यतर्फ ८ र उद्योगतर्फ ८ जना सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाइएकोमा सोही संख्यामा मात्र उम्मेदवारी परेपछि सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन ।
निर्वाचन सम्पन्न भएलगत्तै आइतबार बसेको नवगठित ३५औँ कार्यसमितिको बैठकले पदाधिकारीसमेत सर्वसम्मत चयन गरेको छ।
संघको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य उपाध्यक्षमा विकास कुमार बेगवानी, उद्योग उपाध्यक्षमा संजय कुमार श्रेष्ठ, महासचिवमा अमित कुमार सारदा, सचिवमा अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित सिंघानिया, सह–कोषाध्यक्षमा मनिष कुमार मारु तथा प्रवक्तामा सुशिल सुरानालाई चयन गरिएको छ ।
निर्विरोध निर्वाचित कार्यसमिति सदस्यहरूमध्ये राजेश कुमार अग्रवाललाई आर्थिक समिति संयोजकको जिम्मेवारी दिइएको छ। विवेक कुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र बेदान्त जाजु कार्यसमिति सदस्यका रूपमा रहेका छन ।
डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओम प्रकाश शर्मालाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ । संघको नियमअनुसार निवर्तमान अध्यक्ष अनुपम राठी ३५औँ कार्यसमितिको पदेन सल्लाहकारका रूपमा रहनेछन ।
नवनिर्वाचित कार्यसमितिले डा. दिपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाललाई आमन्त्रित सदस्यका रूपमा मनोनयन गरेको छ ।
महिला उद्यम समितिको संयोजकमा साधना झा र सह–संयोजकमा जीना श्रेष्ठलाई मनोनयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *