लोकतान्त्रिक गणतन्त्रलाई थप सुद्धिढ वनाउन संविधानको प्रभावकारी कार्यान्वयन आवश्यक –मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
३ असोज,
विराटनगर । संविधान दिवस–२०८३ को अवसरमा विराटनरमा आज विहान प्रभाता फेरी निकालियो ।
संविधान दिवस मुल समारोह समिति कोशी प्रदेसको आयोजनमा विराटनगर स्थित आदर्श विद्यलय अगाडीवाट वाजागाजा झाकि सहित निस्केको प्रभाताफेरिले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
प्रभाताफेरीमा कोशी प्रदेसका मन्त्री, प्रदेसभा सदस्य, संघिय सांसद,उधोगी , व्यवसायी , नागरिक समाजतथा विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्र्याथी, राष्छ«सेवक कर्मचारी, नेपाल प्रहरी सशत्र प्रहरी नेपाली सेना लगायत सर्वसाधारणको ठुलो शख्यामा सहभागिता रहेको थियो । नगरको विभिन्न मागको परिक्रममा पछि प्रभातफेरी सहिदमैदानमा आएर कोणसभामा परिण्त भएको थियो ।
आयोजित सभामा वोल्दै कोशी प्रदेसका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको पुर्ण पालना गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुद्धिढ वनाउदै लौजानुपर्ने वताउनुभयो । लामो सघर्षपछि आएको नेपालको संविधानलाई सस्गथागत गर्दै सुशासन, पारदर्शिता एंव जवाफदेशिता कायमगर्नु पर्नेमा उहाले जोड दिनुभयो । उहाले राजनितिक स्थायित्वका लागि समाजमा शान्ती सुव्यवस्था, अमनचयन कायमगर्दै आपसी सद्धभाव कायम हर्दे राष्ट्रिय एकतालाई थप सुद्धिढ वनाउनुपर्ने वताउनुभयो ।
नेपालका सवै जाताजाती समुदायको हक अधिकार स्थापित गरेकाले संविधानको रक्षाका लागि सवै लाग्नुपर्नेमा उहाले जोड दिनुभयो ।


उहाले नया संविधान कार्यान्वयमा आएपछि मुलुकमा संघियता र प्रदेस सरकार स्थापना भएसंगै मुलुक समवृद्धितर्फ अग्रसर भएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा कोशी प्रदेसका प्रदेस प्रमुख पर्शुराम खापुङले हरेका जाती समुदाय तथा नेपाली जनताले संवधानको उपलव्धि हाशिलगर्न सके संविधान दिगो हुने वताउनुभयो ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा कोशी प्रदेस सभाका सभामुख, उपसभामुख, मन्त्रीहरुको समेत सहभागिता थियो । कोशी प्रदेस सरकारले संविधान दिवस तिन दिन सम्म मनाउनेगरि सो अवसरमा हिजो देखी कोशी प्रदेसमा विभिन्न कार्यक्रममो आयोजना गर्दै आएको छ । सो अवसरमा विभिन्न कार्याक्रममा उत्कृष्ट भएकाहरुलाई पुरस्कारतथा सम्मानपत्रद्धारा सम्मानित एंव पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *