कुमोद अधिकारी
४ असोज,
विराटनगर । कोशी प्रदेशमा २० लाख ६३ हजार ७२५ जनाले जीवन बीमा गराएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशमा जीवन बीमाबाट २६ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।
देशभर संकलन हुने जीवन बीमा शुल्कमा कोशी प्रदेशको योगदान १२ दशमलव ३० प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । प्रदेशमा बीमा सेवाको विस्तारसँगै बीमा कम्पनीका ३०३ वटा कार्यालय सञ्चालनमा रहेका छन् भने ७७१ कर्मचारी परिचालित छन् ।
यस्तै, निर्जीवन बीमातर्फ ४ लाख ४९ हजार ४ सय २७ वटा बीमा गरिएको छ । त्यसवाट कोशी प्रदेसमा ४ अर्व विमाशुल्क संकलन भएको छ । जवकि कोशी प्रदेसमा जिवन विमावाट २६ अर्व १६ करोड ५४ लाख संकलन भएको छभने निर्जिवन विमावाट ४ अर्वमात्र विमाशुल्क सकलन भएको छ । जिवन विमाभन्दा निर्जिवन विमा गराउनेको शख्या यस प्रदेसमा निकै कम रहेको तथ्याङले देखाएको छ । संघिय तथा प्रदेसका कुनैपनि संरचना एंव सम्पतीको विमा नहुदा निर्जिवन विमा गराउनेको शख्यमा कमि आएको तथ्याङमा उल्लेख छ । संघ तथा प्रदेस सरकारले आफनो सम्पतीको विमा नगराई रहेको अवस्था आम सर्वसाधारण आफनो सम्पतीको कसरी विमा गराउछन भन्ने कुरा चासोको विषय रहेको छ ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक सचिन राईका अनुसार कोशी प्रदेसमा १९ हजार ९० वटा कृषि पशुपंछीतथा जडिवुटी बीमा गरिएको छ ।
कृषि पशुपंक्षीतथा जडिविुटी विमावाट कोशी प्रदेसमा २३ करोड ६६ लाख रुपैया विमाशुल्क संकलन भएको छ । त्यसमध्ये कोशी प्रदेसमा ६ सय ११ वटा मात्र वालि विमा भएका छन । जुन कार्यालयको लक्ष्य अनुसार निकै कम छ । नेपाल सरकारले कृषि विमामा ५० देखि ८० प्रतिशत सम्म अनुदान दिदै आएको छ । एक करोडको कृषि विमामा ८० प्रतिशत र एक करोडभन्दा वढिको विमामा ५० प्रतिशत अनुदान दिने व्यवस्था छ ।
उहाँले बीमासम्बन्धी जानकारी र यसको महत्व ग्रामीण तहसम्म र्पुयाउन प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो ।
विमा प्राधिकरण विराटनगर कार्यालय कोशी प्रदेसका निर्देशक राजेन्द्र महर्जनले नेपालमा हाल ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, दुई वटा पुनर्बीमा कम्पनी र सात वटा लघुबीमा कम्पनी रहेका छन् । प्राधिकरणले बीमा क्षेत्रको नियमनकारी कार्य, सुपरीवेक्षण, अर्धन्यायिक कार्य तथा प्रवद्र्धनात्मक कार्य गर्दै आएको महर्जनले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले कोशी प्रदेशका १ हजार २ सय २७ जना पत्रकारको दुर्घटना बीमा गरिएको जानकारी दिनुभयो । उहाले कोशी प्रदेस सरकारले महासंद्धको समनवयमाा दुर्घटना बीमामार्फत प्रतिव्यक्ति १० लाख रुपैयाँसम्मको जोखिम रक्षावरण हुने गरि पत्रकारको विमा गरिएको जानकारी दिनुभयो ।