कुमोद अधिकारी विराटनगर
चैत ३० विहिवार
विराटनगर महानगरपालिकाले वैशाख १ देखि सार्वजनिकस्थलहरूमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गरेको छ ।
महानगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानका साथ वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन तथा विक्रि वितरणमा निषेध गर्न लागेको हो ।
त्यस्तै महानगरले वैसाख १ गतेवाट महानगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको हो ।
सो अभियानलाई सफल वनाउन महनगरले आज सचेतनामूलक प्रभातफेरी निकालेको छ । ÷
महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रंगशालामा पुगेर समापन भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यबाहक मेयर काजीबहादुर बस्नेतले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र सभ्य सहर बनाउने उद्देश्यका सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउन लागेको बताउनुभयो ।
सुर्तीजन्य पदार्थको सेवनले विभिन्न रोग लाग्नुका साथै सहरको सौन्दर्यतामा समेत ह्रास आएको उहाको भनाइ थियो । सफाईका क्रममा नाला सफा गर्दा ७० प्रतिशत सुर्तीजन्य पदार्थका खोलहरु भेटिएको छ,” बस्नेतले भन्नुभयो “महानगरले सुरु गरेको अभियानमा साथ दिन सबैलाई आग्रह गर्दछु ।”

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यलाई हानी हुने बताउदै महानगरले लागू गरेको क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन गरको पाइएमा कानुन अनुसार कारबाही हुने वताउनुभयो ।
महागरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पहिलो चरणमा अभियानअन्तर्गत ५ स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउन लागिएको जानकारी दिनुभयो । उहाका अनुसार विद्यालय, स्वास्थ्य संस्था, महानगर र उससँग सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरु, बसपार्क र बसहरुमा सुर्तीजन्य पदार्थ गर्न पाइने छैन ।
“नगर सभाले गरेको निर्णयलाई वैशाख १ गतेबाट कडाइका साथ कार्यान्वयनमा ल्याउँदैछौं,” उहाले भन्नुभयो , “आजको कार्यक्रममा आदरणीय मेयर साब र उपमेयर साब सहभागी हुन सक्नु भएन । उहाँहरु विदेशी दातृ निकायहरुसँग छलफल गर्न काठमाडौंमा हुनुहुन्छ ।
स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले महानगरवासीलाई जानकारी दिने उद्देश्यले प्रभातफेरी आयोजना गरिएको जानकारी दिनुभयो ।
प्रभातफेरीमा विराटनगर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल, ५ सन्तोष न्यौपाने, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १४ का सूर्यनारायण महतोका साथै कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रमुख, महानगरका महाशाखा र शाखा प्रमुखहरु, विभिन्न कलेज, विद्यालय, नर्सिङ कलेज, हेल्थ कलेजका विद्यार्थीका साथै जनपद प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको समेत सहभागिता थियो ।
म्हानगरका मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा कसैसित पनि सम्झौता नहुने बताउँदै आउनु भएको छ । उहाले विराटनगर सबैको भएकाले व्यवस्थित बनाउन महानगरवासीलाई सहयोग गर्न पटक–पटक आग्रह गर्दै आउनु भएको छ ।