उद्यमशीलताको विकास र रोजगारीका नयाँ अवसर सिर्जना गर्न प्रादेशीक मेला आयोजना

कुमोद अधिकारी
२९ जेठ,
विराटनगर । स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्दै रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न विराटनगरमा आज कोशी प्रदेस स्तरिय प्रादेशीक मेला आयोजना गरिएको छ ।
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालय, गोरादह नगरपालिका झापा र फाकफोक गाउँपालिका इलाम र दायित्व सहयात्राद्वारा संयुक्त रुपमा आयोजित एक दिने कोशी प्रादेशिक उद्यम मेला –२०८३ मा हस्तकला तथा स्थानिय कृषि उत्तपादनका स्टलहरु राखिएको थियो ।
कृषि तथा साना एंव मझौला उद्यमीहरूलाई आफ्नो उत्पादन प्रदर्शन गर्ने उदेश्य सहित बैंकतथा वित्तिय संस्थासंग जोडेर आवश्यक लगानीको वातावरण सृजनागर्न मेला आयोजना गरिएको हो ।
कोशी प्रदेशका पाँच जिल्लाका विभिन्न घरेलु कृषि, तथा साना उद्यमको ४० बटा स्टलले रहेको सो मेला मार्फत प्रदेशभित्रका नवीन व्यावसायिक सोचहरूलाई प्रोत्साहन गर्दै प्रादेशिक अर्थतन्त्रलाई बलियो बनाउनु रहेको छ ।
मेलाले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पु¥याउन सरकार, बैंक, बजार, निजी क्षेत्र र उद्यमी लाई एकै ठाउँमा उभ्याएको मेला आयोजक समितिले जनाएको छ ।
प्रदेशमा बेरोजगारी समस्या न्यूनीकरण गर्न र स्वरोजगारी प्रवद्र्धन गर्न मेला कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।
कोशी प्रदेशका उद्योग,कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले मेलाको उद्घाटन गर्दै यस्ता कार्यक्रम हरुले पहाड तथा तराईका सात जिल्लामा विगत दुई वर्षको अवधिमा तीन सय उद्यम तयार गर्न स्थानीय तहमा सहयोगमा कार्यक्रम संचालन गरेको वताउनुभयो
प्रदेश सरकारले नवप्रवद्र्धनका ३२ उद्यमी छनौट गदै उधोग संचालनका लागि आवश्यक विउ पूँजी उपलव्ध गराएको उहाको भनाई थियो ।


मन्त्री मन्सुरीले मेलाले उद्यमीको बजारीकरण,व्यवसायीकरणमा जोड दिदै गाउको उत्तपादनलाई वजारसम्म पु¥याउन सहयोग पुग्ने वताउनुभयो ।
पूर्व मन्त्री रामबहादुर राना र प्रदेश सभा सदस्य यशोधा कायस्थले पहाडी क्षेत्रका वाँझो जमीनमा माग अनुसार कृषि उत्पादनमा जोड दिने खालका कार्यक्रमलाई महत्व दिनुपर्ने वताउनुभयो ।
कोशी पप्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले मुलुकको माटो सुहाउँदा उद्योग प्रवद्र्धन गरेमा आर्थिक वृद्धि र रोजगर सिर्जना हुने वताउनुभयो ।
कार्यक्रम संयोजक एवं दायित्वका निर्देशक संजय पोखरेल, फाकफोक पालिकाका उपाध्यक्ष कल्पना राई ,गौराहद नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी लगायतले महिलाहरुलाई उद्यमशिलतामा जोडन सके मुलुकका अर्थतन्त्र चलायनमा हुने वताउनुभयो ।
मेलामा प्रदेशका मोरङ, सुनसरी,झापा,इलाम र भोजपुर जिल्लामा महिला तथा युवा उद्यमीका कृषि, साना तथा घरेलु उद्योगबाट उत्पादित सामाग्रीहरुको प्रदर्शनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *