कुमोद अधिकारी
३१ जेठ,
विराटनगर । नेपाली कांग्रेसका शिर्ष नेताहरुले पार्टीलाई एकतावद्ध रुपमा अघि वढाउनुपर्ने कुरामा जोड दिनु भएको छ ।
विराटनगरमा आज आयोजित नेपाली कांग्रेसको कोशी प्रदेस स्तरिय वृहत एकता भेलामा उहाहरुले वर्तमान ववस्थामा कांग्रेसलाई एकतावद्ध रुपमा अघि वढाउनुको विकल्प नरहेको कुरामा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एंव नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस कमजोड भए लोकतन्त्र कमजोड हुने भन्दै कुनैपनि हालतमा पार्टी विभाजन हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो
पार्टी भित्रको विवाद मिलाउन आफुले हरसंभव प्रयास गरिरहेकाले विभाजनको कुरा कल्पना समेत गर्न नसकिने उहाले वताउनुभयो । कांग्रेस विभाजन हुदैन तपाई हरु ढुक्क् हुनुहोस भन्नुहुदै उहाले यहि सन्दैस लिएर गाउगाउ गएर पार्टी सुद्धिढ वनाउने अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कांग्रेसको यो भेला पार्टी विभाजनका लागि नभई पार्टी एकताका लागि भएकाले यसलाई गलत अर्थमा नलिन पार्टीका नेतृत्वतहलाई उहाले आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका नेता एंव पुर्व उपसभापति विजयकुमार गच्छदारले पार्टी स्थापनामा लामो सघर्षगर्र्नै सवै नेताहलाई मिलाएर पार्टीलाई अघि वढाउनुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाली कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनितिमा कांग्रेस अहिले सवैभन्दा कमजोड अवस्थामा रहेकाले पार्टीलाई मिलाएर लैजानुको विकल्प नरहेको प्रष्ट पार्नुभयो । पार्टी एकताको अभियान स्थानिय स्तरसम्म पु¥याउनु आवश्यक रहेको उहाको भनाई थियो ।
नेपाली कांग्रेसका अर्का नेता डा संशाक कोइरालाले नेपाली कांग्रैस ८० वर्ष पुरानो पार्टी भएकाले पार्टीका पुराना एंव शिर्ष नेतालाई पाखा लगाएर पार्टी वलियो नहुने प्रष्ट पार्नुभयो ।
नेपाली कांग्रेसको अर्का नेता डा मिनेन्द्र रिजालले छाती र मन ठुलो वनाएर पर्टीभित्रको विवाद समाधानगर्न नेताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता वलवहादुर केसी, एनपी साउथ, मोहनवहादुर वस्नेत, सरिता प्रसाई,कोशी प्रदेसका पुर्व मुख्यमन्त्री केदार कार्की, नेपाली कांग्रेस कोशी प्रदेसका महामन्त्री भुपेन्द्र राई लगायतका नेताहरुले पार्टी एकतामा जोड दिनु भएको थियो ।