कुमोद अधिकारी
२९ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको अवस्थामा नेपाली कांग्रेस पार्टीमा वृहत एकता आवश्यक रहेको वताउनु भएको छ ।
गिरिजाप्रसाद कोइराला श्रम प्रतिषठानले विराटनगरमा आज आयोजना गरेको श्रमिक स्वास्थ्यतथा तथा सुरक्षा सचेतना मुलक कार्यक्रममा वोल्नुहुदै उहाले नेपाली कांग्रेसको विषेश महाधिवेशन पछि पार्टिभित्र देखिएको तिक्तता हटाउन पार्टीमा वृहत एकता आवश्यक रहेको वताउनुभयो ।
नेपाली कांग्रेस कमजोड भए लोकतन्त्र कमजोड हुने भन्नु हुदै पार्टी एकता अभियानमा आफु लागेको उहाको भनाई थियो । अहिले संसंदमा शख्यात्मक रुपमा नेपाली कांग्रेस कमजोड अस्था रहेकाले पार्टीलाई एक ढिक्का वनाएर लैजानुको विकल्प छैन भन्नुहुदै पार्टीमा के कारणले विवाद आयो त्यो विषयमा नेतृत्वतहले सवैसंग वसेर त्यस्को समाधान खोज्नु जरुरी रहेको वताउनुभयो ।
श्रमिकहरुको स्वास्थ्य सुरक्षा अपरिहार्य रहेको चर्चागर्दै उहाले त्यस्का लागि श्रमिकसंग जोडएको ट्रेड युनियनलाई थप संगठिता र वलियो वनाउनु पर्नेमा जोड दिनुयो ।
