कुमोद अधिकारी
४ पुष,
विराटनगर । नेपाल र भारतीय प्रहरीवीचको समन्वय र सहकार्यका कारण मानव बेचविखनमा परेकाहरुको उद्धार तथा सो कार्यमा संलग्नलाई नियन्त्रणमा लिन सहज भएको दुवै देशका सुरक्षा अधिकारीहरुले बताएका छन ।
नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना तथा माइती नेपालको सहकार्यमा विराटनगरमा आयोजित अन्र्तराष्ट्रिय कार्यशाला गोष्ठिको आज समापन कार्यक्रममा सहभागी सुरक्षा अधिकारीहरुले दुवै देशका सुरक्षाकर्मी विचको समन्वयका कारण सीमापार हुने मानव बेचविखन तथा ओसारपसारमा संलग्नहरुलाई नियन्त्रणमा लिएर एक अर्का देशमा जिम्मा लगाउन सहज भएको वताउनुभयो ।
दिल्ली प्रहरीका डा.राकेश कुमारले मानव बेचविखन तथा ओसारपसार विश्वकै समस्या भएकाले यस विषयमा दुवै देशका ुसुरक्षाकर्मी विच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
विश्वमा करिव ५ करोड व्यक्ति मानव वेचविखनको शिकार बनेको जानकारी गराउदै उहाँले सीमापार हुने मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि आयोजना गरिएको यस प्रकारको कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । एउटै बालबालिका पटक–पटक उद्धार गर्नुपर्ने घटना हुनु दुःखत भएको उहको भनाई ििथयो ।
नेपाल प्रहरी मानव बेचविखन तथा अनुसन्धान व्युरोका बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कृष्ण पंगेनीले भारतीय प्रहरीले मानव बेचविखनमा परेकाहरुको उद्धारमा राम्रो सहयोग गरिरहेकाले यस प्रकारको सहयोग आगामी दिनमा पनि निरन्तर हुनुपर्ने उल्लेख गर्नुभयो । मानव बेचविखनमा परेकाहरुको उद्धार तथा अपराधमा संलग्नहरुलाई नियन्त्रणमा लिने कार्यमा सवैले सहयोग गर्नुपर्नेमा समेत उहाले जोड दिनुभयो ।
सीमा सुरक्षा वल (एसएसबी) बथनाह भारतका संजीव कुमारले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा नेपाल प्रहरी, गैरसरकारी संस्थाहरुसँग हुने नियमित बैठकले अपराध नियन्त्रणमा सहयोग पुगेको बताउनुभयो ।
साईबर ब्युरो काठमाण्डौंका सुरज बरालले भारतसँगको समन्वयका कारण नेपालमा अपराध गरि भारत तर्फ फरार भएकाहरुलाई नियन्त्रणमा लिन सहज भएको बताउनुभयो ।
मोरङ प्रहरीका प्रमुख एसपी कवित कट्वालले मानवबेचविखनमा संलग्न गिरोहले प्रलोभनमा पारि खुशी बनाएर सीमापार गराउने घटना वढदै गएकाले यस्तो प्रलोभनमा कोइृपनि पर्न नदिन मानव वेचविखन विरुद्धको सचेतना आवश्यक रहेको वताउनुभयो ।
झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँले सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई अनुगमन गरि कारवाहीका लागि स्पष्ट अधिकार दिनुपर्ने बताउनुभयो ।
नेपाल सरकारका पूर्व सहसचिव रत्नकाजी बज्राचार्यले मानवबेचविखन तथा ओसारपसार नियन्त्रणका लागि आवस्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल–भारत सीमापार हुने मानव बेचविखन तथा ओसारपसार र शोषणमा देखिएको प्रबृत्ति र स्वरुपबारे दुईदिने अन्तराष्ट्रिय कार्यशालाको हिजो सांझ नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री श्रद्धा श्रेष्ठले शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा मन्त्री श्रेष्ठ, माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, नेपाल र भारतका सुरक्षा अधिकारीहरु, मानव वेचविखन तथा ओसारपसार नियन्त्रणमा क्रियाशिल भारत तथा नेपालका विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।