कुमोद अधिकारी
६ पुष,
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाल संविधानलाई सहि ट्रयाकमा ल्याउन निर्वाचन आवश्यक रहेको वताउनु भएको छ ।
नेपाली कांग्रेस विराटनगर महानगरसमितिले विराटनगरमा आज आयोजनामा गरेको डा शेखर कोइराला संग नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो आज र भोलीको चुनौती अवसर र संभावना वारे युवाहरुसंगको संवाद कार्यक्रममा उहाले फागुन– २१ गते निर्वाचन हुन नसके मुलुकमा संवैधानिक संकट आउन दावी गर्नुभया। मुलुकमा संवैधानिक संकट आउन नदिन तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने उहाको भनाई थियो ।
प्रजातन्त्रको जग निर्वाचन भएकाले शान्तीपुर्ण एंव भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने गरि सरकारले निर्वाचनको वातवरण वनाउनुपर्नेमा उहाले जोड दिनुभयो ।

कार्यक्रमा सहभागि यवाहरुले उठााएको प्रश्नको उत्तर दिनुहुदै उहाले वर्तमान अवस्थावाट मुलुकलाई अघि वढाउन युवाहरुको भुमिका महत्वपुर्ण रहने भएकाले युवाहरुले उठाएको मागलाई वार्ता र छलफलवाट संवोधन गर्नुपर्ने वताउनुभयो ।
जेन्जी आन्दोलनको क्रममा युवाहरुले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासनको मागलाई आफुलेपनि उठाउदै आएको उहाको भनाई थियो ।
कार्यक्रममा सहभागि युवाहरुले सिक्षा, स्वास्थ्य , रोजगारी तथा विराटनगरको विकास साथै आगामी निर्वाचन तथा जेन्जी आन्दोलनको विषयमा नेता कोइरालासंग आफनो कुराहरु राखेका थिए । कार्यक्रम नेपाली कांग्रेस विराटनगर महानगर सभापति दिपक दिपक चापागाईको सभापतित्वमा भएको थियो ।