तोकिएको मितिमा निर्वाचन हुनुपर्छ–नेता कोईराला

कुमोद अधिकारी
४ पुष,
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन तोकिएको समयमा हुनैपर्ने बताउनु भएको छ
मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ मा आज आयोजित पार्टीका कार्यकर्ताहरु संगको भेटघाट कार्यक्रममा उहाले प्रजातन्त्रको जग निर्वाचन भएकाले नेपाल ि निर्वाचनमा सहभागि हुन आफनो पार्टी आतुर रहेको बताउनुभयो ।
संविधान बचाउन तथा मुलुकलाई सक्रमणबाट जोगाउन एक मात्र उपाय निर्वाचन भएकाले नेपाली कांग्रेसले निर्वाचन कुरेर वसेकाmे निर्वाचको मित सार्ने पंक्षमा कांग्रेस नरहेको उहाले प्रष्ट पार्नुभयो ।
नेता कोइरालाले भन्नुभयो “हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।
“दलका केही नेतालाई काठमाडौ बाहिर जान दिईएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरु बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ? कोइरालाले प्रश्न गर्नुभयो । निर्वाचका लागि शान्ती सुरक्षाको वातवारण वनाउनुपनेृमा उहाले जोड दिनुभयो ।
संविधानलाई सहि वाटोमा ल्याउन निर्वाचन आवश्यक रहेको उहाको भनाई थियो । सो अवसरमा नेता कोइरालाले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्वाचनमा जुट्न समेत निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *