नागरिक संरक्षण एकता मञ्चद्धारा १० बुँदे माग संवोधनका लागि मेची महाकाली अभियान शुरु

कुमोद अधिकारी विराटनगर
२१ साउन । नागरिकको समस्या समाधानका विषयमा उठाएको १० वुदें माग संवोधनका लागि नागरिक संरक्षण एकता मञ्च (नेपाल) ले मेची महाकाली अभियान शुरु गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख राजनितिकदललाई १० वुदें माग सहितको ज्ञापन पत्र बुझाउँदै मञ्चले पुर्वका झापा जिल्लावाट अभियानको शुरु भएको जनाएको छ ।
नगरिक संरक्षण एकता मन्चले विराटनगरमा पत्रकार सम्मेलन गर्दै १० बुँदे माग अविलम्ब संवोधन हुनु पर्ने जनाएको छ । मञ्चका केन्द्रीय अध्यक्ष ताराकुमार नेपालले माग संवोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
मञ्चले कोभिड – १९ देखि अहिले सम्मको व्याज मिनाहा र ऋणको नवीकरण हुनुपर्ने, कालोसुचिमा राखिएका ऋणीहरुको नाम अविलम्ब खारेजी गर्नुपर्ने, धितो लिलामी प्रक्रियाताई बन्द गरि र ऋणीहरुलाई ऋण तिर्ने वातावरणको व्यवस्था गर्नुपर्ने, ऋणीहरुलाई दवावपूर्ण असुली आतंक बन्द गरि सरकार छ भन्ने अनुभूति जनतालाई दिनुपर्ने, बैंक, वित्तीय संस्था र स्थानीय निकायको मिलिभगतमा नै रहेको लिलामी प्रक्रिया बन्द गर्नुपर्ने माग गरेको छ ।

लिलाम गरिएका घर जग्गा फिर्ता गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुको आतंक (दवाव) ले आत्महत्या गरेका ऋणीहरुको परिवारलाइ तत्काल राहतको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारिएको अध्यक्ष नेपालले बताउनुभयो । मञ्चले प्रधानमन्त्री ओली समक्ष राखिएका माग बारे देशव्यापी अभियान शुरु गरिएको जनाएको छ ।
पुर्वबाट शुरु भएको दवाव मुलक अभियान पश्चिम महाकाली सम्म पुर्याईने अध्यक्ष नेपालको भनाई छ । आफुहरुको माग कुनै राजनितिकदलवाट प्रेरित नभई राष्ट्र र जनताको हितका लागि भएकाले माग पुरा नभए कडा आन्दोलनमा उत्रने मन्चले जनाएको छ । सवै जातजाती समुदायका मानिसहरुलाई सहभागि वनाएर देस र जनताको हितका लागि शान्तीपुर्ण अभियान शुरु गरिएको अध्यक्ष नेपालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *