महिला जागृति तथा बृद्धाआश्रमलाई लायन्स क्लब अफ विराटनगर एक्टिभको सहयोग

कुमोद अधिकारी विराटनगर
१९ साउन,
भवन निमार्ण लागि महिला जागृति तथा बृद्धाआश्रमलाई लायन्स क्लब अफ विराटनगर एक्टिभले दुई लाख १६ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–१ पुष्पलाल चोक स्थित महिला जागृति तथा बृद्धाआश्रमलाई लायन्स क्लब अफ विराटनगर एक्टिभका अध्यक्ष शुभाष चन्द्र यादवको नेतृत्वमा गएको टोलीले सो रकम हस्तान्तरण गरेको हो ।
नेपालमा लायन्स क्लब स्थापना भएको ५४ औं स्थापना दिवसको अवसरमा लायन्स सप्ताह कार्यक्रम अन्तर्रगत शनिवार पहिलो दिन महिला जागृति तथा बृद्धाआश्रमको भवन निर्माणका लागि लायन्स लिर्डसहरुबाट सक्लन गरिएको रकम हसतान्तरण गरेको अध्यक्ष यादवले बताउनुभयो ।
शनिवार विहान ८ वजेदेखि शुक्रवारसम्म विभिन्न कार्यक्रमको आयोजना गरी लायन्स सप्ताह मनाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रममा आश्रम निर्माण गर्न सहयोग उपल्बध गराउने सवै मनकारी सहयोगी दाताहरुलाई आश्रमका प्रमुख संरक्षक रेवत बहादुर कार्कीले धन्यवाद व्यक्तगर्नुभयो ।भवन निर्माण गर्न अन्य मनकारी दाताहरुलाई पनि सहयोग गर्न उहाँले आग्रहगर्नुभयो ।


वृद्धा आश्रम भवन निर्माण गर्नका लागि अन्य सहयोगी हातहरु जुटीरहेको आश्रमकी अध्यक्ष भुवनेश्वरी अचार्यले जानकारी दिनुभयो । आईतवार लायन्स बाटीका पोखरीयामा ट्राफीक सचेतना सचेतना कार्यक्रम, सोमावार विहान ८ वजे विराटनगर–३ बासुकिनाथ मन्दिरमा जल वितरण, मंगलवार लक्ष्मी नारायाण मन्दिर विराटनगरमा विहान ८ वजे वृक्षारोपण, बुधवार ३ वजे बेलुका नेपाल विजनेश क्याम्पसमा क्यानसर रोगको विषयमा सचेतना कार्यक्रम, विहिवार विहान–८ बजे रंगेली–२ बविया विर्तामा विपन्न विद्यार्थी ढुण्ढी राज वस्तीलाई आर्थिक सहयोग गर्ने र शुक्रवार बेलुका ५ वजे मानव सेवा आश्रम विराटनगर तिनटोलियामा हंगर फिडिङ कार्यक्रम गरेर लायन्स सप्ताह कार्यक्रम सम्पन्न गर्ने अध्यक्ष यादवले बताउनुभयो ।
महिला जागृति तथा बृद्धाआश्रमको भवन निर्माणका लागि रेवत बहादुर कार्की ५१, हजार, भगतलाल श्रेष्ठ १५ हजार, सन्तोष वस्नेत, नारायाण पराजुली, शुभाष चन्द्र यादव, मुना कोइराला, गणेश शाह, अनिल बराल, सन्तोष कुमार पौदार, फडिन्द्र थापा, लक्ष्य प्रधान, दिपेश चौधरीलगायतले जनहि ११ हजार रुपैया सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *