उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

कुमोद अधिकारी
५ श्रावण,
विराटनगर ÷ साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, चारु प्रतिष्ठानकधा अध्यक्ष डा. देवी पन्थी, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, छन्द बाटिकाका अध्यक्ष हरि कट्टेल, नेपाली लेखक संघ कोशी प्रदेश समितिका महासचिव मीनकुमार नवोदित, झाराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं बर्बरिकलगायतले संयुक्त रुपमा महाकाव्यको विमोचन गर्नुभयो ।
विमोचित महाकाव्यका बारेमा समालोचकसमेत रहेका कवि हरि कट्टेलले समीक्षा गर्दै महाकाव्यले समसामयिक विषयलाई उजागर गरेको बताउनुभयो ।

खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य कला उन्नय उपसमितिको संयोजनमा भएको कार्यक्रममा भवानीशंकर पोखरेल, अञ्जु अश्रु, जमुना पौडेल, गोपाल निर्भीक, लक्ष्मी घिमिरे रेग्मी, दिङ्लाली कान्छो, शारदा भट्टराई, चन्द्रक्रान्त भट्टराई, अच्यूतमणि पौडेल, भरत गुरागाईं बर्बरिक, अक्ष्ली पोखरेल, रीता पाठक, लक्ष्मी रायमाझी, प्रयाग न्यौपाने, नेत्र खतिवडालगायत तीन दर्जनभन्दा बढीले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नु भएको थियो ।
आयोजक संस्थाका उपाध्यक्ष भूषण ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रम कवि लक्ष्मी पोखरेलले सञ्चालन गर्नु भएको थियो ।
सोही अवसरमा खोटाङ सामाजिक सेवा मञ्चका तर्फबाट महाकाव्यकार भट्टराईलाई सम्मानसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *