हिमगिरीले हास्य कलाकारद्धय ‘महजोडी ’लाई ब्राण्ड एम्वेष्डरमा अनुवन्धित

कुमोद अधिकारी
मोरङ,५ साउन ः
हिमगिरी हाइजेनिक उद्योग प्राली विराटनगरले ब्राण्ड एम्बेष्डरका लागि प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई अनुवन्धित गरेको छ ।
उद्योगद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रवन्ध निर्देशक प्रकाश मुन्दडाले महजोडीसँग एक बर्षको सम्झौता पत्र आदान प्रदान गर्नु भयो ।
सो अवसरमा कलाकारद्वय श्रेष्ठ र आचार्यले युवाहरुलाई स्वदेशमा रोजगर उपलव्ध गराउन नीजि क्षेत्रको भुमिका महत्वपुर्ण रहेको वताउनुभयो ।
उहाँहरुले नेपालमा रेमिटयान्स मात्र भित्रिएर गर्भ गर्नुपर्ने भन्दापनि रेमिटयान्सवाट आएको पैसालाई उत्तपादन क्षेत्रमा लगाउन सके युवाहरुले रोजगारीका लागि विदेश जानु नपर्ने वताउनुभयो
उहाले यसवारेमा विदेश जाने युवाहरुलाई वित्तिय सचेतना दिई रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउनका लागि राज्यले वातावरण तयार गर्नुपर्नेमा उहाहरुले जोड दिनुभयो ।
उद्योगका अध्यक्ष बेनीगोपाल मुन्दडा, अध्यक्ष जाजु र प्रवन्ध निर्देशक मुन्दडाले उत्पादित सामाग्रीहरुमा गुणस्तरलाई विशेष ध्यान दिएको भन्नुहुदै स्वदेसी उधोगलाई प्रौत्साहन गर्नुपर्ने वताउनुभयो ।
उद्योगले लुगाधुने पाउडर, लुगाधुने, भाँडा माझ्नो र नुहाउने सावुन ,श्याम्फु, नेपकिन,शौचालय सफा गर्ने सामाग्री, मास्क, लगायतका गुणस्तरीय सामानहरु उत्पादन गर्दै आएको छ ।
उद्योगमा हाल सम्म ३२ करोड भन्दा वढि लगानी रहेको छ भने आगामी दिन थप रु एक अर्ब लगानी गरी स्वदेशी युवाहरुलाई रोजगारी उपलव्ध गराउने लक्ष्य रहेको उद्योगका अध्यक्ष जाजुले वताउनुभयो । उद्योगले आफ्ना उत्पादनहरु भारतको विहार,पश्चिम वङ्गाल,उत्तरप्रदेश,झारखण्ड र भूटानमा निर्यात गर्ने लक्ष्य लिएको सो अवसरमा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *