कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छ–मन्त्री मगर

कुमोद अधिकारी
५ श्रावण ः कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सहकारीले कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल निजामती कर्मचारी संगठन मोरङको विस्तारित वैठक तथा सम्मान कार्यक्रम एवं राष्ट्र सेवा वचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरको २७ औँ स्थापना समारोहको उद्घाटन गदै उहाले उक्त विचार व्यक्त्त गर्नु भयो ।
मन्त्री मगरले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापनाले युवाहरुलाई विदेश पलायनमा नियन् त्रण गर्न सघाउ पुग्नुका साथै उत्पादित वस्तु निर्यातबाट विदेशी मुद्रा आर्जन सकिने विचार राख्नु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सहकारीले आफ्ना सदस्यहरुलाई शिप प्रदान गरी उद्यमी बनाउने कार्यतर्फ लाग्नु पर्ने सुझाव दिनु भयो ।
सहकारीका अध्यक्ष जीवन काफ्ले गत बर्ष रु चार करोड ८० लाख आम्दानी गर्न सफल भएको जानकारी दिनु भयो ।
सोही अवसरमा मन्त्री मगरले कर्मचारी संगठनका निवर्तमान अध्यक्ष ओमराज सुवेदी लगायतलाई सम्मान गर्नु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *