कुमोद अधिकारी
२८ जेठ,
विराटनगर । कोशी प्रदेस सरकारले निमार्ण गरेको ऐन कानुनको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाले जोड दिएका छन ।
प्रदेस सरकारले ऐन कानुन निमार्ण गरेपनि त्यसवारेमा नागरिकलाई जानकारी समेत नभएको अवस्थामा निमार्ण भएका ऐन कानुनका वारेमा जानकारी गराउन स्थानिय स्तरमा छलफल र वहस चलाउनुपर्नेमा उहाहरुले जोड दिनुभयो ।
संसंदीय पत्रकार मन्च कोशी प्रदेसले विराटनगमा आज आयोजना गरेको प्रदेस कानुन कार्यान्वयनको अवस्थाको वारेमा वहुसरोकार अन्तरक्रिया कार्यक्रममा सहभागिहरु सो कुरामा जोड दिएका हुन ।
सो अवसरमा कोशी प्रदेससभाका सभामुख अम्वरवहादुर विष्टले संविधानले दिएको अनुसार संघले कतिपय अधिकार प्रदेस र स्थानिय सरकारलाई हस्तान्तरण नर्गदा कानुन कार्यान्वयनमा समस्या हुने गरेको वताउनुभयो ।
संघियता वालियो वनाउन संविधान अनुसार संघले प्रदेस र स्थानिय सरकारलाई आवश्यक अधिकार हस्तान्तरण गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
प्रदेस सरकारले निमार्ण गरेका ऐन कानुनका विषयमा कोशी प्रदेसका ८० वटा वढि पालिकाहरुमा स्थानिय स्तरमा वहस र छलफल चलाएको उहाले जानकारी गराउनुभयो ।
कोशी प्रदेसका आन्तरिक मामिलातथा कानुनमन्त्री ईन्द्रमणि पराजुलले नेपालको संविधान अनुसार एकल र साझा अधिकारका विषयमा प्रदेस सरकारले कानुन निमार्ण गरेको वताउदै त्यस्को कार्यान्वयनमा तिनैतहको सरकार विच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । आर्थिक समवृद्धिलाई आधार मानेर प्रदेसले कानुन निमार्ण गरेको उहाको भनाई थियो ।
कोशी प्रदेसका उपसभामुख सृजना दनुवारल सरोकारवाला पंक्षलाई संवोधन हुने गरि कानुन निमार्ण गर्नुपर्नेमा जोड दिनुभयो

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुदै कोशी प्रदेसका पुर्व मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले संघ र प्रदेस विच समन्वय नहुदा प्रदेसले निर्धारण गरेका करको दायराका विषय तथा वन ऐन सम्वन्धि कानुन कार्यान्वयनमा आउन सकेको छैन भने प्रदेस प्रहरी ऐन समेत वन्न नसकेको वताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेससभाका उप–सचिव मन्जु खडकाले प्रदेस सरकार स्थापना भएपछि निमार्ण भएका ऐन कानुनको विषयमा जानकारी गराउनु भएको थियो ।
कोशी प्रदेस सरकार स्थापना भएपछि प्रदेसमा ९२ वटा कानुन निमार्ण भएका छन । प्रदेस सरकारको पहिलो कार्यकालमा ६२ वटा तथा दोश्रो कार्यकालको अहिले सम्म ३इ वटा कानुन निमार्ण भएको सो अवसरमा जानकारी गराईएको थियो ।
कार्यक्रममा प्रदेससभाका विभिन्न समितिका सभापति प्रदेससभा , संसदियदलका नेता तथा प्रदेससभा सदस्य हरुले आफनो धारण राख्नु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेससभा सचिव शुदर्शन खडका,उधोग वाणिज्य महासंघ कोशी प्रदेसका अध्यक्ष राजेन्द्र राउत तथा नेपाल पत्रकार महासंघका मोरङ अध्यक्ष सुशिला पाठकले कानुन कार्यान्वयनमा जोड दिनु भएको थियो । कार्यक्रम संसदिय पत्रकार मन्चका अध्यक्ष कुमार लुइटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।