कुमोद अधिकारी
४ पुष,
विराटनगर । महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री श्रद्धा श्रेष्ठले वालसुधार गृहको आवश्यक पुर्वाधार निमार्ण तथा व्यवस्थापनका लागि आफुले पहल गर्ने वताउनु भएको छ ।
विराटनगर स्थित बालसुधार गृहको आज अनुगमन पछि उहाले वालसुधार गृहको आवश्यक मर्मत संभार तथा सुधारगृहको घेरावेराका लागि मन्त्रालयले पहल गर्ने वताउनुभयो ।
वाल सुधार गृहको मर्मत संभार र वरिपरि पर्खाल नहुदा वालविज्याईकर्तालाई समस्या हुने गरेकाको त्यसका लागि आवश्यक वजेट विनयोजन गर्ने उहाको भनाई छ ।
निरिक्षणको क्रममा बालसुधार गृहको अवस्थाको बारेमा बालसुधार गृहका व्यवस्थापक मिलन चौहानले बालसुधार गृहको अवस्थाको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनु भएको थियो ।
बालसुधार गृहको क्षमता ५० जनाको भएपनि अहिले दुईसय ५४ जना बालबिज्याईँकर्ता रहेकोले गर्दा समस्या रहेको व्यवस्थापक चौहानले मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो ।

वालसुधार गृहमा हाल सबैभन्दा बढी एकसय ३९ जना जर्वजस्ती करणी, ३० जना कर्तव्य ज्यान, २८ जना लागूऔषध, ११ जना चोरी तथा नकबजनी, आठजना ज्यान मार्ने उद्योग, सातजना अप्राकृतिक मैथुन, कर्तव्य ज्यान र डाँका ६ जना, सामूहिक जर्वजस्ती करणीमा आठजना , सवारी ज्यानमा पाँच जना, डाँका चारजना लगायतका मुद्दामा बालसुधार गृहमा बालकहरु रहेको सो अवसरमा जानकारी गराइयो ।
बालसुधार गृहमा १८ बर्षसम्मका एकसय ४१ जना रहेका छन् भने १८ बर्ष भन्दा माथिका एकसय १३ जना रहेका छन् । क्षमताको अनुपातमा अत्याधिक संख्यामा बालकहरु हुनु, १८ बर्ष माथिका बालकहरुको लागि छुट्टै व्यवस्था नहुनु, बालकहरुको संख्याको तुलनामा न्युनतम भौतिक पूर्वाधार, जनशक्ति, सुरक्षा लगायतका सुविधा नहुनु, लागुऔषध सेवनकर्ताहरुलाई पनि अन्य बालकहरुसँगै राखिनुले समस्या हुने गरको छ ।

बालसुधार गृहमा यसभन्दा अगाडि पनि पटक पटक झैझगडा भैरहने र बालकहरु पर्खाल नाघेर भाग्ने गरेका छन् ।
यसैगरि आजै मन्त्री श्रेष्ठले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र एकसय चार, बालहेल्प लाइनसेवा विराटनगर र पूर्वाअञ्चल बालसेवा आश्रमको समेत निरिक्षण गर्नुभएको छ ।