तोकिएको मितिमा निर्वाचन नभए संसद पुर्नस्थापनाको माग अघि वढछ– नेता कोईराला

कुमोद अधिकारी
२ पुष,
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन हुन नसके संसद पुर्नस्थापनाको माग अघि वढने वताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आजसांझ संचारकर्मी संग कुरा गर्नुहुदै उहाले फागुन–२१ गते निर्वाचन नहुने हो भने संविधानलाई सहि ट्रयाकमा ल्याउन पनि संसद पुर्नस्थापनाको माग अघि वढने प्रष्ट पार्नुभयो । उहाले अहिलेको ववस्थामा नेपाली कांग्रेसले निर्वाचन चाहेकाले निर्धारित मितिमा निर्वाचन गराउन सरकार लाग्नु पर्ने वताउनुभयो ।
नेपाली कांग्रेसको केन्द्रिय समितिले निर्वाचनमा भागलिने निर्णय गरि सकेको अवस्थामा निर्वाचनको मिति सार्ने पंक्षमा कांग्रेस नरहेको उहाको भनाई थियो । तोकिएको मितिमा निर्वाचन हुनै पर्छ भन्नुहुदै उहाले त्यसका लागि सरकारले शान्ती सुरक्षाको ग्यारन्टी गर्नुपर्ने वताउनुभयो ।
जैन्जी आन्दोलनको क्रममा जेलवाट कैदीहरु फरार छन, लुटिएका हथियार र्फिता हन सकेको छैन, त्यती मात्र होइन एउटा पार्टीको अध्यक्षलाई काठमाण्डौ भ्याली नछाड्न आदेश गरिएको छ , यस्तो अवस्थामा सरकारले चुनाव गराउछु भन्नु कतिको उपयुक्त हुन्छ , उहाले भन्नुभयो ।
एक प्रश्नमा उहाले नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति केहि हेरफेर हुन सक्ने वताउनुभयो ।
नेपाली कांग्रेसको क्रियाशिल सदस्यका लिनका लागि भरिएको फर्ममा सिरियल नम्वर नम्वर नभएको क्रियाशिल धेरै आएकाले त्यसलाई मिलाउन केहि समय लाग्ने हुदा महाधिवेशनको मिति केहि तलमाथी हुन सक्ने उहाले प्रष्ट पार्नुभयो । उहाले नेपाली कांग्रेसले पार्टीको महाधिवेशन र फागुन–२१ ग्ते हुने निर्वाचन दुवै विषयलाई जनताको माझमा लिएर जाने वताउनुभयो । नेपाली कांग्रेसको महाधिवेशनमा पार्टी सभापतिको पद्धमा उठने कुरा समय आएपछि त्यस वारेमा आफुले निर्णय गर्ने उहाले प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *