कुमोद अधिकारी ,विराटनगर
कोशी प्रदेसका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमाले र नेपाली कांग्रेसले सयुक्त रुपमा ल्याएको न्युनतम साझा कार्यक्रम –२०८१ पुर्ण रुपमा कार्यान्वयनमा आउने बताउनु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालयमा शुक्रवार साँझ आयोजित कार्यक्रममा दुवै पार्टीले कार्यदल बनाएर संयुक्त रुपमा निमार्ण गरेको न्युनतम साझा कार्यक्रम ग्रहण गर्नुहँुदै उहाँले यो कार्यक्रमले प्रदेशको संरचना स्थापितगर्दै समग्र प्रदेशको विकासमा मद्धत पुग्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले दुइवटा ठुला राजनितिक शक्तिको विचमा बनेको प्रदेश सरकार केवल सत्ता प्राप्तीका लागि नभई जनताको हित र राजनितिक स्थायीत्वका लागि भएकाले अब जनताले अनुभुतिगर्ने गरी बिकास निमार्णको कामले गति लिने बताउनुभयो । ७० प्रतिशत भन्दा बढि जनमत प्राप्त दुइदलको सहमतीमा बनेको यो सरकारले केहि महिनामै उल्लेखनिय काम गरेको उहाँको दावी थियो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेशको समृद्धि र जनताको आवश्यकता पुरागर्न ल्याइएको न्युनतम साझा कार्यक्रमको आधारमा सरकारले आफना कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सयुक्त सरकारको न्युनतम साझा कार्यक्रम तयार पार्नका लागि कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पुर्वाधार विकासमन्त्री भुपेन्द्र राई, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ र नेकपा एमाले संसदीय दलका सदस्य तिलचन्द पाठक सहित ६ सदस्यि कार्यदल गठन गरिएको थियो ।