वर्तमान सरकारको विकल्प खोज्ने बेला भएको छैन’

कुमोद अधिकारी
२२ असोज,

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले नेपाली कांग्रेस र नेकपा एमाले बिचको सहमतिमा बनेको गठबन्धन सरकारको एक सय दिन पनि नपुगिसकेको अवस्थामा सरकारको विकल्प खोज्ने बेला अहिले नभएको प्रष्ट पार्नुभयो ।

सरकारमा रहेका दुई ठुला दलको बिचको गठबन्धन टुट्दा जनतामा नैराश्यता छाउने भएकाले यो गठबन्धनलाई कुनै पनि हालतमा टुट्न दिन नहुने उहाँको भनाई थियो ।

नेता कोइरालाले, वर्तमान सरकार बन्नुअघि नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सात बुँदे सहमति कार्यान्वयन गर्न संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने र मुलुकको आर्थिक विकासमा सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *