संविधान संशोधनका विषयमा राजनीतिक दलहरु बीच छलफल आवश्यक,

कुमोद अधिकारी विराटनगर
७ असोज
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले संविधान संशोधन संसदले गर्ने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संशोधन कसरी गर्ने, प्रक्रिया के, के हो, के विषयमा, कहिले, के केमा गर्ने सम्बन्धमा वृहत्तर समझदारीको आवश्क्ताको जरुरी हुने प्रष्ट पार्नु भयो ।
सभामुख घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलहरु बीचमा छलफलको पहल शुरु भैसकेको जानकारी समेत दिनु भयो ।
उहाँले सङघीयता कार्यान्वयनमा कानुनहरुको अभाव रहेको बताउनु भयो ।
सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी संगठन सञ्चालन समवन्धी ऐन, शिक्षा ऐन बनाउन सकियो भने संविधान कार्यावन्यमा देखिका समस्या समाधान हुने भएकोले यसतर्फ हाम्रौ ध्यान गैरहेको विचार राख्नु भयो ।
सभामुख घिमिरेले यी विषयमाहरुमा विषयगत समितिहरुमा सांसदहरुले दिनरात नभनी दफावार छलफलमा जुटिरहेकोले संसदको प्रभावकारी आगामी दिनमा देखिने विश्वास जनाउनु भयो ।
उहाँले हालै अन्त्य भएको बर्खे अधिवेशनमा २० वर्षदेखि अधुरो रहेको शान्ति प्रकियालाई टुङ्गलो लगाउने विधेयक पास गरेको,बजेट समयमा पास गरेको र सहकारी समस्या समाधान सम्वन्धमा संसदीय विशेष छानवीन समिति गठन गरी प्रतिवेदन समेत सरकारलाई वुझाएकोले संसदले प्रतिकुलताका विच समयमा काम सम्पन्न गरेको बताउनु भयो ।
उहाँले उपसभामुख इन्दिरा रानाका सम्बन्धमा आधिकारिक रुपमा आरोप पुष्टि हुने केही नआएको बताउँदै अनुमानको भरमा केही भन्नु उचित नहुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *