मोरङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मौरी जोन कार्यक्रम सञ्चालन

कुमोद अधिकारी ३ अशोज, २०८१

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङ जिल्लामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको छ ।

१७ वटा पालिका मध्ये चालु आर्थिक वर्ष देखि पाचवटा नगरपालिका तथा तिनवटा गाउँपालिकाका गरि ४६ वटा वडामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको हो ।

यो व्यवसाय फस्टाउँदै गएपछि रंगेली, उर्लाबारी, लेटाङ, सुन्दर हरैचा, बेलबारी, कानेपोखरी तथा मिकलाजुङ लगायतका पालिकामा जोन सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख मनोज यादवका अनुसार, गुणस्तर मह उत्पादन , महको बजारीकरण, प्रशोधन, भण्डारण तथा व्रान्डिङ र, निर्यातमा जोड दिने उद्देश्यले कार्यक्रम सञ्चालनमा आएको हो । कार्यक्रम अन्तर्गत परियोजनाले यो वर्ष ८० लाख बजेट छुट्याएको उहाँको भनाई छ ।

मौरी पालक किसानले तिन वर्षदेखि जोन माग गर्दै आएका थिए । यस अघि केही पालिकाहरूमा मौरी ब्लक कार्यक्रम सञ्चालनमा आएको थियो ।

जोन सञ्चालनमा आएपछि प्राविधिक लगायत विभिन्न सहयोग पाउनेमा आफूहरू विश्वस्त रहेको विराट मौरी तथा मह उत्पादक श्रोत केन्द्रका सञ्चालक रेवतीकुमार तिम्सिनाको भनाई छ ।

अन्य जोनहरू जस्तै मौरी जोनले पनि फाइदा पुर्‍याउने सुन्दरहरैचा नगरपालिकाका वार्ड न ४ का मौरी पालक किसान नवीन दाहालको भनाई छ ।

पाँच वर्षसम्म सञ्चालनमा आउने यो कार्यक्रमले सूचीकृत भएर छनौट भएका किसानलाई मौरी पालनका लागि उत्पादनमा ५० प्रतिशत र मेशिनेरी औजारमा ८५ प्रतिशत अनुदान दिने व्यवस्था छ परियोजनाले अहिले मौरी पालक किसानको आवेदन लिने र सूचीकृत गर्ने काम गदै आएको छ ।

मोरङ जिल्लामा २०७२ सालमा २० जना शुरु भएको यो व्यवसाय वाट राम्रो आम्दानी हुन थालेपछि अहिले आठसय भन्दा बढी किसानले व्यावसायिक रुपमा मोरीपालन गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *