कुमोद अधिकारी विराटनगर
२४ साउन,
महिला संघ मोरङले स्थापनादिशसको अवसरमा कोशी अस्पतालको प्रसुती विभागमा पौष्टिक आहार वितरण गरेको छ ।
महिला संघ मोरङले ७७औं स्थापनादिवशको अवसरमापौष्टिक आहार वितरण गरेको हो । महिलाको सुरक्षा, समृद्ध नेपालको आधार भन्ने मूलनाराका साथमहिला संघले देशैभर जनचेतनामलक अन्तरक्रियालगायतका कार्यक्रम गरेको छ ।
सो अवसरमाबोल्दै महिला संघ मोरङ अध्यक्ष विजेता अधिकारी, नेपाली कांग्रेस मोरङ कार्यवहाक सभापति भक्तिनाथ माझीले महिला संघले नेपालको राजनीति परिवर्तनका साथै महिलाहरुको हक, अधिकार स्थापीतगर्न खेलेको भूमिकाको चर्चा गर्नुभयो ।

विक्रम संवत २००४ सालमा स्थापीत महिला संघले महिलाहरुको हकअधिकारको मात्र कुरा नगरेर हरेक तह र तप्कामामहिलाहरुको समानुपातिक समावेशीताअनिवार्य हुनुपर्ने सवाल उठाउँदै आएको छ ।
हरेक क्षेत्रमा ३३ प्रतिशतमात्रनभएर ५१ प्रतिशतमहिलाभएको देशमा ५० प्रतिशतमहिलाहरुको समावेश हुनुपर्ने कुरा उठाउँदै आएको छ । कार्यक्रममा नेपालमहिला संघ मोरङकी सचिव प्रमिलाथापा, नेपालीकांग्रेस मोरङ सचिवमोदराज घिमिरे, विराटनगर महानगरका प्रमुखनागेश कोइरालालगायतको सहभागीताथियो ।