कुमोद अधिकारी
१४ साउन,
सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा नेपाल बाँतर सरदार समाजले आयोजना गरेको सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
मोरङको कटहरी–६ स्थित ढेलाखोकी टोलका युवा युवतीहरुलाई लंक्षितगर्दै लैंगिक हिंसा, लागु औषध र साईवर अपराध सम्बन्धि विषयमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
एक दिने कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विद्ययान्नद माझीले अहिले पनि लैंगिक हिंसा, लागु औषध कायमै रहेकोले यसलाई न्यूनीकरण गर्न विभिन्न क्लबहरुको गठन गरेर जनचेतना जगाउनु पर्नेमा जोड दिनु भयो ।
सेवाकेन्द्रका अध्यक्ष माझीले साईवर लागु औषध र अपराध अन्तरगर हुने फेसबुक, ट्युटर, लगायत अपराध बाट कसरी सुरक्षित रहने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
युवाहरुलाई लागु औषध र साईवर अपराध तर्फ केन्द्रीत हुन नदिनका लागि यो कार्यक्रमको आयोजना गरेको कार्यक्रमका संयोजक पन्नालाल सरदारले बताउनुभयो ।

कार्यक्रममा नेपाल बाँतर सरदार समाज कल्याणकारणीका केन्द्रीय अध्यक्ष मोहनलाल सरदार, सल्लाहाकार पृथ्वीलाल सरदार, केन्द्रीय सचिव शुभाष सरदार, केन्द्रीय सदस्य सोनेलाल सरदार, समाजसेवी सुकदेव सरदारलगायतले लैंगिक हिंसा, लागु औषध र साईवर अपराध न्यूनिकरण गर्नका लागि युवाहरुमा सचेतना कार्यक्रम आवश्यक रहेको वताउनुभयो । यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जनस्तर सम्म पु¥याउन सके सभ्य समाजको निमार्ण हुने उहाहरुको भनाई थियो ।
कार्यक्रममा बाँतर समुदायका २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।