अपाङगता भएका ब्यक्तिको अधिकार विषयक छलफल कार्यक्रम

कुमोद अधिकारी
१४ साउन,
अपाङगता भएका ब्यक्तिको अधिकार विषयक अन्तर्राष्ट्रिय महासान्धी २००६ को अनुगमनको प्रतिबेदनमाथी विभिन्न संघ संस्थाहरुसंग परामर्श लिइएको छ ।
राष्ट्रिय अपाङग महासंघ नेपाल कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बन्न लागेको अन्तर्राष्ट्रिय महासन्धिको प्रतिबेदनमा कस्त–कस्ता हक अधिकार समाबेश गर्न सकिने कुरामा बृहत छलफल भएको थियो ।
कर्यक्रममा राष्ट्रिय अपाङग महासंघ नेपाल कोशी प्रदेश अध्यक्ष नबिनचन्द्र ढुंगेलले अपाङगता भएका ब्यक्तीहरुको महासंघ युएनमा प्रस्तुत हुन लागेको प्रतिबेदनमा के कस्ता हक अधिकार समाबेश गर्ने र यसको कार्यान्वयनको अवस्था कस्तो छ, भन्ने विषयमा गहन छलफल आवश्यक रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय महासन्धि २००६ को अनुगमन प्रतिबेदनमाथी गरिएको परामर्श कार्यशालाबाट संकलित सुझाबलाई अन्तिम रुप दिएर पठाउने तयारी रहेको ढुंगेलले बताउनु भयो।
राष्ट्रिय अपाङग महासंघ नेपालको केन्द्रीय सदस्य मदन कुमार बोहरा अपाङ्गता भएको ब्यक्तिहरुको अधिकारको विषयमा अन्तर्राष्ट्रिय महासान्धी अनुगमनको प्रतिबेदनलाई मुर्तरुप दिन सुझाव संकलन गरिएको बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशको विभिन्न मन्त्रालयको प्रतिनिधि, संघ–संस्था र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलगायत २ दर्जन बढी सरकारी र गैर सरकारी संस्थाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *