नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारमा मन्त्रालयको शख्या थपिदैन – मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
१४ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समिकरण अनुसार प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार चाडै निर्माण हुन लागेको वताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कोेशी प्रदेस सरकारमा नेकपा एमालेले मुख्यमन्त्री सहित पाँच र नेपाली कांग्रेसले चार मन्त्रालय पाउने विषयमा सहमती भएको वताउनुभयो ।
मुख्यमन्त्री कार्कीले नेकपा एमाले र नेपाली कांग्रेको सयुक्त सरकारमा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने प्रष्ट पार्नु भयो’। मन्त्रालयका शख्या वढाएर प्रदेस सरकारलाई आर्थिक वोझ दिने पंक्षमा दुवैपार्टी नभएकाले मन्त्रालयको शख्या नथपिने उहाको भनाई थियो ।
नेपाली कांग्रेसले मन्त्री वन्नेको नाम दिएको आधारमा दुई÷चार दिन भित्र मन्त्रिमण्डल विस्तार हुने उहाले जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गैसकेकोले यसमा पुनरालोकन नहुने स्पष्ट पार्र्दै आवधिक समयमा विग्रका बजेटलाई कानुन वमोजि सच्याउन सकिने वताउनुभयो ।
उहाँले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्कि सम्वन्धमा प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति सम्वेदनशील छ भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *