कुमोदअधिकारी
६ श्रावण,
विराटनगर । विराटनगरका युवाहरूले पाथीभरामाताको भक्ति गीत सार्वजनिक गरेका छन् । युवाहरूमा आफ्नो कला संस्कृति र धर्मप्रतिरुचि कम हुँदै गएको अवस्थामा गीत सार्वजनिक गरिएको हो
गीतमा सारेगको शब्द, सङ्गीत र स्वर रहेको छ । भिडियोमा गोमा लम्साल, लकेस दंगाल, सागर लामिछानेलगायतको अभिनय रहेको छ। विशाल पोख्रेलले गितको निर्देशन गर्नु भएको छ ।
अभिनय तारिफयोग्य भएपनि छयाङ्कन तथा सम्पादनमा केही कमजोरी देखिएपनि समग्रमा भिडियो उत्कृष्ट बनेको कलाकार दंगालको भनाई छ ।
पहिलो सिर्जना भएकाले केही कमजोरी भएको वताउदै आगामी दिनमा यसलाई सुधारगर्दै जाने उहाको भनाई छ । पाथीभरा माताको भक्ति र शक्तिलाई गीतले जोडन खोजेको छ ।
माता प्रतीको आस्था र विश्वास वढेका कारण भक्तजनको विश्वासपनि वढदै गएकाले माताको महिमाको वर्णनगर्दै गीत सार्वजनिक गरेको कलाकार दंगालको भनाई छ ।