कुमोदअधिकारी
५ श्रावण,
विराटनगर । विराटनगरका युवाहरूले पाथीभरामाताको भक्ति गीत सार्वजनिक गरेका छन् । युवाहरूमा आफ्नो कला संस्कृति र धर्मप्रतिरुचि कम हुँदै गएको अवस्थामा गीत सार्वजनिक गरिएको हो
गीतमा सारेगको शब्द, सङ्गीत र स्वर रहेको छ । भिडियोमा गोमा लम्साल, लकेस दंगाल, सागर लामिछानेलगायतको अभिनय रहेको छ । विशाल पोख्रेल गितको निर्देशन गर्नु भएको छ ।
अभिनय तारिफयोग्य भएपनि छयाङ्कन तथा सम्पादनमा केही कमजोरीभएपनि समग्रमा भिडियो उत्कृष्ट बनेको कलाकार दंगालको भनाई छ ।
पहिलो सिर्जना भएकालेपनि केही कमजोरी भएको वताउदै आगामी दिनमा यसलाई सुधारगर्दै जाने उहाको भनाई छ । पाथीभरा माताको भक्ति शक्तिलाई गितले जोडन खोजेको छ ।
माताको भक्ति र शक्तिका कारण भक्तजनका विश्वास वढदै गएकाले माताको महिमाको वर्णनगर्दै भक्ति गित सार्वजनिक गरेको कलाकार दंगालको भनाई छ ।