कुमोद अधिकारी
२० पुस,
विराटनगर ÷वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपालीभाषा, साहित्यका क्षेत्रमालामो समयदेखि योगदान पु¥याउने स्रष्टाहरुलाई नगदसहितस सम्मान गरेको छ ।
कृष्णभूषण बल स्मृति प्रतिष्ठानले विराटनगरमाकार्यक्रमआयोजना गरेर कविता, कथा, समालोचनालगायतकाविधामाकलमचलाउने ३ जना स्रष्टा नगदसहित पुरस्कृत गरेको हो ।
कार्यक्रममाभारतको कालेबुङमा रहेर विगतपाँचदशकभन्दालामो समयदेखि साहित्य लेखनमा सक्रिय डा. राजेन्द्र भण्डारीलाई २५ हजार राशिसहित प्रतिष्ठानले सम्मान गरेको छ ।
त्यस्तै तीनदशकभन्दालामो समयदेखि साहित्यकविता र कथा लेखनमा सक्रिय ज्योति जङ्गल र दुई दशकभन्दालामो समयदेखि कविता लेखनमा सक्रिययुवाकवि रमेशचन्द्र अधिकारीलाई पनि सम्मानगरिएको थियो । जङ्गललाई १५ हजार र अधिकारीलाई ११ हजार नगद राशिसहित सम्मानगरिएको हो ।
कार्यक्रममाप्रमुखअतिथिवरिष्ठ कवितथामहाकाव्यकार सोमराजअभय, विशिष्ट अतिथिविराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाकीप्रमुख संरक्षक शोभालामा बल, अध्यक्ष प्राडा टंकप्रसादन्यौपानेलगायतले सम्मान गरेकाथिए ।
त्यस्तै धरानस्थितकविविमल गुरुङ स्मृति पुस्तकालयलाई ‘कृष्णभूषण बल स्मृति सेवा सम्मान’प्रदानगरिएको थियो । सो सम्मान पुस्तकालयका संस्थापक पूर्णबहादुर गुरुङले ग्रहण गरेकाथिए ।
कार्यक्रममाप्रमुखअतिथिअभयले नेपालीकविता साहित्यमा कृष्णभूषण बलको बेग्लै पहिचान रहेको बताउनुभयो । उहाले बिम्ववादीकविका रुपमा चित्रण गर्दै नेपालीकविता साहित्यमाबलको योगदानउल्लेखनीय रहेको चर्चा गर्नुभयोे ।
विशिष्ट अतिथि मेयर कोइरालाले वरिष्ठ कवि कृष्णभूषण बलको साहित्यिक योगदानले नेपाली समाजको वैचारिक संरचनालाई गहिरो रूपमाप्रभावित गरेको बताउनुभयो । उहाका अनुसार कृष्णभूषण बल स्मृति प्रतिष्ठान पुरस्कार वितरणमा सीमित संस्थानभई स्मृतिलाई सिर्जनामा रूपान्तरण गर्ने अभियानहो । “साहित्यलाई बहस, अनुसन्धान र सिर्जनाको केन्द्रमा राख्ने प्रतिष्ठानको प्रयासले नयाँ पुस्तालाई आकर्षित गर्नुका साथै समाजलाई बौद्धिक रूपमा समृद्ध बनाएको छ,” उहाले भन्नुभयो ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरुसहितवरिष्ठ पत्रकार तथा साहित्यकार चन्द्र भण्डारी, आयोजक संस्थाकाउपाध्यक्ष केशवआचार्य, महासचिवसमेत रहेकाविराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्षविवशपोखरेल, कविशुभलक्ष्मीलम्साल, मीनकुमार नवोदित, धीरज राई, कृष्णभूषण बलका सुपुत्र साईभूषण लामालगायतले कृष्णभूषण बलले नेपालीभाषा र साहित्यमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । सो अवसरमायुवाकविदीपक सम्चुले कृष्णभूषण बलले लेखेको कविता सुनाइको थियो विराटनगर महानगरपालिकाका मेयर कोइरालाले वरिष्ठ कवि कृष्णभूषण बलको साहित्यिक योगदानले नेपाली समाजको वैचारिक संरचनालाई गहिरो रूपमाप्रभावित गरेको बताउनु भएको छ ।
कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा आयोजित पुरस्कार वितरण समारोहमामन्तव्यदिँदै उनले बललाई सीमित कृतिबाट व्यापकप्रभावपार्ने दुर्लभ स्रष्टाका रूपमा स्मरण गर्नुभयो ।
मेयर कोइरालाले बलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस वर्षको कृष्णभूषण बल सिर्जना पुरस्कारबाट सम्मानितकवितथा समालोचक डा. राजेन्द्र भण्डारी, कवितथाकथाकार ज्योतिजंगल र युवाकवि रमेशचन्द्र अधिकारीलाई बधाई ज्ञापन गर्नुभयो । साथै नेपालीभाषा, साहित्यतथा संस्कृति सेवा सम्मानप्राप्त गरेको धरानस्थितविमल गुरुङ पुस्तकालय परिवारको योगदानको पनिप्रशंसा गर्नुभयो ।
उनकाअनुसार कृष्णभूषण बल स्मृति प्रतिष्ठान पुरस्कार वितरणमा सीमित संस्थानभई स्मृतिलाई सिर्जनामा रूपान्तरण गर्ने अभियानहो । “साहित्यलाई बहस, अनुसन्धान र सिर्जनाको केन्द्रमा राख्ने प्रतिष्ठानको प्रयासले नयाँ पुस्तालाई आकर्षित गर्नुका साथै समाजलाई बौद्धिक रूपमा समृद्ध बनाएको छ,” उहाले भन्नुभयो ।