क्ुमोद अधिकारी
२२ पुस,
विराटनगर । कोशी प्रदेस सरकारको मन्त्रिमण्डल पुर्न गठन भएको छ । कोशी प्रदेसका मुख्यमन्त्री हिक्मलकुमार कार्कीले आज मन्त्रिमण्डल पुर्नगठन एंव कायविभाजन गर्नु भएको हो ।
नव नियुक्त मन्त्रीहरुलाई कोशी प्रदेसका प्रदेस प्रमुख पर्शुराम खापुङले प्रदेस प्रमुखको कार्यालयमा आज सांझ एक कार्यक्रमका विच पदतथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्री कार्कीले दुई राज्यमन्त्री तथा १० जना मन्त्री सहित मौजुदा मन्त्रिमण्डल पुर्न गठन गर्नु भएको हो ।
पुर्नगठीत मन्त्रीमण्डलमा भौतिक पुर्वाधार विकास मन्त्री प्रदिपकुमार सुनवार, पर्यटन वनतथा वातावरण मन्त्री भिमप्रसाद पराजुली, खानेपानी सिचाई तथाउर्जामन्त्री तिलचन पाठक, आन्तरिक मामिलातथा कानुनमन्त्री इन्द्रमणी पराजुली, आर्थिक मामिलातथा योजनामन्त्री विदु्रकुमार लिंथेप, सामाजिक विकासमन्त्री रामप्रसाद महतो, स्वाथ्यमन्त्री मानवहादुर लिम्वु र उधोग कृषितथा सहकारी मन्त्रीमा इस्राईल मन्सुरी रहुनु भएको छ ।
त्यसैगरि आन्तरिक मामिलातथा कानुन राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा शोभा चेम्जोङ रहनु भएको छ ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ वमोजिम मौजुदा मन्त्रिमण्डल पुर्न गठन एंव कार्य विभाजन गर्नु भएको हो ।
