डिभिजन वन कार्यालय मोरङद्धारा कार्यालयको पुर्ननिमार्ण तथा मर्मत संभारमा सहयोग गर्ने ४६ संघसंस्थालाई सम्मान,

कुमोद अधिकारी
१ पुष,
विराटनगर । जेन्जी आन्दोलनको क्रममा क्षति भएको डिभिजन वन कार्यालय मोरङको भौतिक संरचना एंव पुर्ननिमार्ण तथा मर्मत संभारमा सहयोग पु¥याउने ४६ वटा संघसंस्थालाई आज सम्मान गरिएको छ ।
आन्दोलनको क्रममा आगजनीका कारण क्षति भएका संरचना पुन–निमार्ण तथा प्रसासनिक सेवा संचालनमा भौतिक तथा जिन्सि समाग्री उपलव्ध गराउने मोरङका साझेदारी तथा सामुदायिक वन तथा वन पैदावारमा जोडिएका काठ व्यावसयी तथा सह–मिलका संंचालकहरु लाई एक कार्यक्रमका विच कार्यालयले सम्मान गरेको हो । पुर्ननिमार्णमा सहयोग गर्ने सामुदायिक तथा साझेदारी वनका अध्यक्ष एंव प्रतिनिधि तथा वनपैदावार संग जोडिएका संघसंस्थाका अध्यक्षहरुलाई डिभिजन वन कार्यालयका प्रमुख उत्सव थापाले कदरपत्रद्धारा सम्मान गर्नु भएको थियो ।
कम्प्युटर, टेलिभिजन, कुर्सी , टेवल, दराज सोफासेट कार्यलयलाई आवश्यकपर्ने झयाल,ढोका लगायत विजली वत्ती तथा खानेपानी जडानका तथा कार्यालयको रगरोगनमा उहाहरुले सहयोग गर्नु भएको थियो ।
उक्त संस्थाहरुले कार्यालयलाई ३३ लाख २२ हजार वरावरको जिन्सिी तथा भौतिक समाग्र उहाहरुले सहयोग गर्नु भएको डिभिजन वन कार्यालय प्रमुख थापाले वताउनुभयो ।


भदौ–२४ गते भएको आन्दोलनको क्रमममा कार्यालयमा भएको आगजनी ,तोडफोड तथा सवारी साधनमा आगजनी भएको थियो । जस्का कारण कार्यालयको २ करोड ६४ लाख वरवरको सम्पती क्षति भएको सो कार्यालयका अधिकृत घनश्याम यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा वोल्नुहुदै डिभिजन वन कार्यालयका प्रमुख उत्सव थापाले, स्वतसर्फुत प्राप्त सहयोगका कारण पुर्ण रुपमा कार्यालय संचालनगर्न सहज भएको वताउनुभयो ।
पुन निमार्णका लागि कार्यालयसंग पर्याप्त वजेट नभएको अवस्थामा वन उपभोक्ता समुह तथा संघसंस्थाहरुले समयमा गरेको सहयोग कारण पहिलेकै अवस्थामा कार्यालय संचालनगर्न आफुहरु सफल भएको उहाको भनाई थियो । सो अवसरमा वोल्नुहुदै वन अधिकृत रामलखन ठाकुर,,नन्दिप्रसाद काफले , लेखा अधिकृत सुनिता प्रधान तथा विभिन्न सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षहरुले स्थानिय स्तरवाट प्राप्त सहयोगको सरहाना गर्नुाभयो ।


वन उपभोक्ता लागयतका विभिन्न संस्थाहरुले गरेका सहभयोगका कारण कार्यालयको सवै सेवा संचालनमा आएको वन अधिकृत रामलखन ठाकुरको भनाई छ । ध्वस्त भएका संरचना निमार्णका लागि केहि अन्य सामुदायिक वनहरुले त्यस्ता संरचना निमार्णमा सहयोग गर्ने प्रतिवद्धता जनाएको अधिकृत ठाकुरले वताउनुभयो ।
त्यस क्रममा आन्दोलनको क्रममा कार्यालय लाई थप क्षति हुनवाट वचाउने कार्यालयका कर्मचारी तथा पुर्व कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा सेवा निवृत्ती भएका दुइजना लाई विदाई सम्मान तथा सो कार्यालयवाट सरुवा भएर अन्य डिभिजन वन कार्यालयमा सरुवा भएका वन अधिकृत तथा कर्मचारीहरुलाई शुभकमना विदाई सहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *