देउसी भैलीमा संकलन भएको रकम धार्मिक कार्यमा,

कुमोद अधिकारी
२७ मङसिर,
मोरङको रंगेली नगरपालिका–७ स्थित आमा भर्जन कृतन समुहले देउसी भैलीमा संकलन भएको रकम धार्मिक कार्यमा सदुपयोग गरेको छ ।
देउसी भैलो खेलेर पिकनिक गर्ने तथा कहि घुम्नजाने चलन पनि छ । तर आमा समुहले दुइ दिन लगाएर दउसीभैली वाट संकलन गरेको रकम धार्मिक कार्यमा सदुपयोग गर्दै समाजमा उदारणिय कार्य गरेको छ ।
समुहले गत तिहारको देउसीभैली खेलेर संकलन गरेको रकमले दियो खरिदगरि दिप प्रज्वलनका लागि रंगेली स्थित सान्सारी माताको मन्दिरलाई दान गरेको छ । आवश्यक पर्दा मन्दिरमा १०८ वत्ती वाल्न सहयोग पुगोस भन्ने उदेश्यले समुहले मन्दिरलाई तामाको दियो दान गरेको हो ।
देउसीभैलीवाट संकलित रकमले १ सय ९ थान तामाको दियो मन्दिरलाई दान गरेको समुहकि पुर्व अध्यक्ष कमला ढकालले वताउनुभयो । प्रमुख शक्ति पिठको रुपमा रहेको सो मन्दिरमा पुजाका लागि देनिक सयो भक्तजन त्याहा पुग्ने गरेका छन ।
१०८ दिप प्रज्वलनगर्न सहजहोस भन्ने उदेश्यले ३० हजार मुल्य वरावरको तामाको दियो दान गरेको पुर्व अध्यक्ष ढकालको भनाई छ


देउसी भैलो खेलेर पिकनिक जाने वा कतै घुम्न जाने भन्दा रकमका सहि सदुपयोगका हुनुपदर्छ भन्ने समुहको मान्यता हो । उहाले भन्नुभयो दुई दिन सम्म रातभरी देउसीभैली खेलौ र संकलिन सवै रकमले दिप प्रज्वलनका लागि तामाका दियो खरिद गरेर मन्दिरलाई दियो दान ग¥यौ ।
आफनो धर्म सस्कृति एंव परम्परालाई जोगाउन स्थानिय स्तरवाट केहि सहयोग गर्नुपर्छ भन्ने सोचका साथ मन्दिरलाई दियो दान गरेर केहि भएपनि सहयोग गरेको समुहकि कोषाध्यक्ष विष्णु घिमिरेको भनाई छ र्।
, धार्मिक कार्यक्रममा होस वा भाकलगदै सान्सारी माताको मन्दिरमा १०८ दियो बालिन्छ भने एक दियो मुल दियो मानि संकल्प गरि पुजा गरेर दिप प्रज्वलन गरिन्छ, । आमा समुहले सामुहिक संकल्प गरि दिप प्रज्वलन गर्दै मन्दिर व्यवस्थापन समितिलाई दियो दान गरेको कोषाध्यक्ष घिमिरेले वताउनुभयो ।
,यो सकारात्मक कार्यले आगामी दिनमा जो कोहिले पनि मन्दिरमा बत्ती बाल्न चाहेमा तेल र बत्ती मात्र लिएर जादा आम भक्तजनलाई १०८ दिप प्रज्वलन गर्न सहज हुने समुहकि पुर्व कोषाध्यक्ष अम्विका खतिवडाले वताउनुभयो ।
मन्दिर सहयोगका लागि १५ जनाले टोली बनाएर दुइ दिन सम्म सो समुहले देउसीभैलो खेलेका थिए । े “हामी आफैँ मिलेर मन्दिरमा केहि सहयोग गरेर आफनो संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ दियो दान गरेको पुर्व कोषाध्यक्ष खतिवडाको भनाई छ ।


यती मात्र होइन विगतका वर्षहरुमा पनि सो समुहले देउसीभैलीमा संकलन गरेको रकमले रंगेली स्थित प्राचिन काली मन्दिरमा दिप प्रज्वलन गर्ने देखि टोल समहुमा आवद्ध जेष्ठ नागरिकहरुलाई धार्मिक स्थल भ्रमण गराउने कार्य समेत गर्दैै आएको छ ।
समुहले धार्मिक तथा सामाजिक कार्यमा मात्र नभएर आमा समुहमा साप्ताहिक रुपमा संकलन भएको रकम आयआर्जनगर्ने महिलाहरुलाई उपलव्ध गराउदै आएको छ । जस्का कारण गाउटोलका महिलाहरुलाई उधमी वन्न तथा सानातिना व्यवसाय संचालन गर्न सहयोग पुगिरहेको छ ।
एउटा सानो संस्थाले गरेको यस्तो सामाजिक कार्यले समाजमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । त्यसकारण संस्थाले गरेको सराहनिय कार्यको अरु समुह तथा संस्थाहरुले त्यसवाट केहि गर्ने प्रेरणा लिनु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *