रतुवामाई नगरपालिका स्थित कजला खोलामा मोटरेवल पुल निमार्ण हुने,

कुमोद अधिकारी
२६ मङसिर,
विराटनगर । मोरङको रतुवामाई नगरपालिका स्थित कजला खोलामा मोटरेवल पुल निमार्ण हुने भएको छ । रतुवामाई नगरपालिकाको वर्डा न ६ र ७ नम्वर वर्डाको विचमा पर्ने वाका टोल स्थित सो खोलामा पुल निमार्ण हुन लागेको हो ।
भौतिक पुर्वाधार विकास मन्त्रालय कोशी प्रदेस अन्तर्गतको पुर्वाधार विकास कार्यालय मोरङले निमार्ण गर्न लागेको पुलको कुल लागत भ्याट सहित ६ करोड ४ लाख ४८ हजार रुपैया रहेको छ ।
त्रिभुवन चौक र वाकाटोललाई जोडने सो पुलको कुल लम्वाई २५ मिटर र चाडाई ६ मिटर रहेको पुर्वाधार विकास कार्यालय मोरङका प्रमुख खडानन्द इशरले जानकारी दिनुभयो । सुनसरीको इटहरी स्थित हिमतारा पुर्वाधार विकास कम्पनीले ठेक्का पाएको सो पुल २०८४ साल साउन महिनामा सम्पन्न गर्ने गरि सम्भझौतामा उल्लेख छ ।
मोटरेवल पुलको भौतिक पुुर्वाधार विकास मन्त्री भुपेन्द्र राईले एक कार्यक्रमका विच शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा वोल्नुहुदै उहाले प्रदेस सरकार स्थापना भएपछि पुल सडक लगायत विकास निमार्णका धेरै संरचना निमार्ण भएता पनि प्रदस सरकार गरेको कामको वारेमा प्रचार प्रसार हुन नसकेको वताउनुभयो ।
कोशी प्रदेस सरकार सडक तथा पुर्वाधारको क्षेत्रमा अर्वौ रुपैया लगानी गरेको वताउदै यस विषयमा जनतालाई जानकारी गराउनु आवश्यक रहेको उहाको भनाई छ । तोकिएको समय अगावै पुल निमार्ण गर्नेगरि कामगर्न र त्यसका लागि वजेटको चिन्ता नर्गन समेत निमार्ण कम्पनीलाई उहाले आग्रह गर्नुभयो ।


कायक्रममा कोशी प्रदेसका पुर्वमन्त्री गणेश उप्रेती, रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर प्रसाद सिंह, उप–प्रमुख दैमन्तीदेवी चुडाल लगायतले समयमा पुल निमार्ण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
सो खोलामा पुल नहुदा त्यसक्षेत्रका वासिन्दाले लामो समय देखि वासको पुलवाट आवत जावत गर्दै आइ रहेका छन । त्यस्तो अवस्थामा खोलामा वाढि आउदा स्थानियलाई आवत जावत गर्न समस्या हुने गरेको छ । यसरी प्रदेस सरकारले सो खोलामा पक्कि पुल निमार्ण गर्ने भएपछि स्थानिय समेत हर्षित भएका छन ।
यसै विच मुलुकमा संघियता स्थापना भएपछि पुर्वाधार विकास कार्यालय मार्फत मोरङ र सुनसरी जिल्लामा २५ वटा मोटरेवल पुल निमार्ण सम्पन्न भइ सकेका छन । त्यसैगरि १२ वटा मोटरेवल पुला निमार्णाधिन अवस्थामा रहेका छन । त्यस्ता पुलहरुको लम्वाई १५ देखि ७५ मिटर सम्म रहेको छ । त्यस्तै ३३ पटा झुलुंगे पुल निमार्ण सम्पन्न भइसकेको र चारवटा निर्माणाधिन अवस्थामा रहेको सो अवसरमा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *