कुमोद अधिकारी
विराटनगर । १६ असार, महिलालाई स्वरोजगार वनाउने उदेश्यले आयोजना गरिएको विभिन्न परिकारका अचार वनाउने सम्वन्धि तालिम आज सम्पन्न भएको छ ।
घरेलुतथा साना उधोग कार्यालयको सहयोगमा तथा साझा प्रयास नेपालको आयोजनामा भएको सात दिने तालिममा विराटनगरका विभिन्न वर्डाका १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा वोल्नुहुदै घरेलुतथा साना उधोग कार्यालय विराटनगरका प्रमुख भवानी घिमिरेले, तालिममा गरिएको लगानी खेर जान नदिन तालिमा सिकेको सिपको सहि उपयोगगर्न आग्रह गर्नुभयो ।
विराटनगर महानगरपालिका वर्डा न १ वडा कार्यालयका सचिव सुमन दाहालले, वजारमा अचारको माग धेरै रहेकाले महिलाहरुले उत्तपादन गरेको अचारको वजारीकरणमा वडाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेसका उपाध्यक्ष कुमोद अधिकारीले महिलालाई स्वरोजगार वनाउन यस्ता प्रकारका तालिमहरु उपयोगी हुने वताउनुभयो ।
संस्थाका सल्लाहकार एंव पत्रकार भोजराज घिमिरेले तालिममा सिकेको सिपको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष आशा खडकाले तालिमको महत्वमाथी प्रकास पार्दै यसप्रका्को तालिम हरु निरन्तर संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
विराटनगर महानगरपालिका वर्डा न १ को तालिमहलमा आयोजना गरिएको तालिममा महिलाहरुलाई प्रशिक्षक मालती आचार्यले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा इन्दिरा दाहालले तालिममा सिकेका कुरा माथी प्रकास पार्नु भएको थियो । सो अवसरमा तालिमका सहभागिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।