वैदेशिक रोजागरावाट फर्किएपछि शुरु गरेको होमस्टे व्यवसायले आर्थिक रुपमा संक्षम वनाउदै

कुमोद अधिकारी
१७ जेठ,
विराटनगर । वैदेशिक रोजागरावाट फर्किएपछि धनकुटा जिल्ला सागुरीगडी गाउपालिका–५ डाडावजारका दिपक वस्नेतले होमस्टे व्यवसाय शुरु गर्नुभयो ।
चारवर्ष मलेसियामा रोजगारी गरेर फर्किएपछि उहा गाडी लाइनमा कामगर्न थाल्नुभयो । गाडी लाइनमा कामगर्दा सोचेजस्तो आम्दानी नहुने देखेपछि गाउमै केहि गर्नुपर्छ भन्ने सोच उहामा आयो । गाउमा वस्दा सो ठाउमा रहेको पर्यटकिय स्थाल घुम्न आन्तरिक तथा वाह्रय पर्यटक हरु उल्लेखनिय रुपमा आउन थालेको देखेर वस्नेतले होमस्टे व्यवसाय संचालन गर्ने सोच वनाउनुभयो ।
आर्थिक वअस्था समान्य रहेकाले वैदेशिक रोजगारवाट कमाएको केही पैसा र वैकवाट लोन लिएर दुइवर्ष अघि आफनै घरमा उहाले सुनाखरी होमस्टेको नाममा होमस्टे संचालन गर्नुभयो । वैंकवाट २५ लाख लोन लिएर संचालन गरेको होमस्टेवाट विदेशकोभन्दा देव्वर कमाई हुने गरेको उहाको भनाई छ ।
एक रातमा २५ जना पाहुनालाई अटाउन सक्ने क्षमता रहेको उहाको होमस्टेमा विराटनगर, धरान, इलाम, झापा लगायत भारतको सिक्किमवाट समेत अहिले पाहुन आउने गरेका छन । उहाका अनुसार आन्तयरिक पर्यटक मात्र होइन विदेशमा वस्ने आफनो मान्छेले चिनेजानको आधारमा युएसए र स्वइजरलेन्ड वाट समेत वाह्य पर्यटक होमस्टेमा वास वस्न आउने गरेका छन ।
घरमै वसेर पाहुनालाई अर्गानिक खाना र स्थानिय सस्कृति प्रदानगर्न सकिने भएकाले यो व्यवसायवाट आफु सन्तुष्ट रहेको सुनाउदै उहाले यसवाट आएको आम्दानीले वैंकका लन तिर्न र घरखर्च चलाउन सहज भएको वताउनुभयो ।
परिवार छाडेर अरुको देशमा कामगर्नु भन्दापनि आफनै देशमा केही गर्न सकिदो रहेछ भन्ने आफुले अनुभव गरेको उहाको भनाई छ। विदेशवाट फर्केर गाडी लाइनमा वस चलाउने गरेकोमा अहिले आफनै घरमा होमस्टे चलाउन पाउदा निकै खुशी छु भन्नुहुदै उहाले कामका लागि विदेश जानुभन्दा स्वदेशमै वसेर व्यवसाय संचालनगर्ना युवाहरुलाई आग्रह गर्नुभयो ।


दुइवटा घरमा ऐटेच वाथरुम सहित शुरुगर्नु भएको यो व्यवसायमा थोरै लागनीगर्दापनि राम्रै फाइदा हुने उहाको भनाई छ । पाहाडी जिल्लाका गाउवस्ती सम्म मोटरवाटो पुगेपछि होमस्टे व्यवसाय फस्टाउन थालेको हो । उहाले संचालन गर्नु भएको होमस्टेमा वार्षिक ५ देखि ६ हजार सम्म आन्तरिक तथा वाह्रय पाहुना आउने गरेका छन ।
होमस्टे व्यवसायमा उहाका श्रीमती अर्पणा मगर वस्नेत समेत जोडिनु भएको छ । व्यवसाय राम्ररी चल्न थालेपछि आफुलाई भ्याई नभ्याई भएको र यो व्यवसायले आर्थिक रुपमा संक्षम वनाएको अपर्णाको भनाई छ । पहिले खेतीपाती र पशुपालन गर्दै आएकोमा अहिले आफनै जग्गामा व्यवसाय संचालन गर्न पाउदा पैसाका लागि अरुको मुख ताक्नु नपर्ने र अरुसंग घुलमिलगर्न र वोल्न सिकाएको उहा वताउनुहुन्छ ।
“ अहिले खाली भएँ भन्नु पर्दैन, हामस्टेमा पाहुना आइराख्नुहुन्छ, उहाँहरूकै सेवामा समय वितेको छ” उहा भन्नुहुन्छ “यो त धेरै राम्रो पेशा रहेछ, यो व्यवसायवाट म मात्र होइन, गाउँका धेरै महिलाहरुले काम पाएका छन् ।”होमस्टेमा तरकारी, माछा, मासु पनि खपत हुन्छ। त्यसैले गाउँमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन समेत वढेको उहा सुनाउनुहुन्छ ।
होमस्टे संचालकलाई मात्र हैन यो व्यवसायले गाउका अन्य मानिसलाई समेत आत्मनिर्भर वनाएरुको छ । होमस्टेमा स्थायिन उत्तपादन खपत हुने भएकाले गाउका मानिसलाई आत्मनिर्भर वनाएको हो ।
सामुदायिक होमस्टेलाई स्थानिय तथा प्रदेस सरकारले आवश्यकपर्ने विभिन्न प्रकारको सामान सहयोग गरेपनि निजि होमस्टेहरुले भने त्यस प्रकारको कुनै सहयोग नपाएको उहाको गुनासो छ । सामुदायिक होमस्टेलाई आवश्यक पर्ने भाडाकुडा तथा फर्निचरहरु स्थानिय सरकारवाट उपलव्ध हुने भएकाले यसप्रकारको सहयोग पाउने हो भने गाउका अन्य महिलाहरु समेत यो व्यवसायमा जोडिने अपर्णा मगरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *