झापा र मोरङबाट लागू औषध सहित ६ जना पक्राउ

असार १८ झापा र मोरङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार झापाको भद्रपुर नगरपालिका( ५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बुद्दशान्ति गाउँपालिका ४ का २९ बर्षीय दिपक सम्बाहाम्फे, कमल गाउँपालिका ५ का २० बर्षीय पिजल धिमाल र कमल गाउँपालिका २ का ३२ बर्षीय केशब राईलाई ६ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीको भनाइ छ ।

लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड नगरपालिका ६ का ३७ बर्षीय हमद मुस्लिम र २२ बर्षीय सद्दाम सेखलाई पक्राउ गरेको छ । त्यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका ४ का २० बर्षीय मनिष तामाङलाई प्रतिबन्धित औषधी ३२० चक्कि सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छप्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *