भारतीय वीआईएस लाइसेन्स समस्यातत्कालै सुल्झाउन संघको अनुरोध

कुमोद अधिकारी
१ जेठ,
विराटनगर । भारत सरकारले नेपालीउत्पादनहरुको भारतमा निर्यातकालागिअनिवार्य गरेको व्यूरो अफ इण्डियन स्टाण्डर्ड (विआईएस) लाइसेन्सको नवीकरण र नयाँ जारी गर्ने प्रक्रियामा ढिलासुस्तीगर्दा नेपाली निर्यातकर्ता उद्योगहरुको निर्यात ठप्प हुनगएको प्रति उधोग व्यापार संघ मोरङको गम्भीर ध्यानाकर्षण भएको छ ।
भारतीयपक्षको यो व्यवहारका कारण नेपालबाट भारततर्फ हुने निर्यात प्रभावितहुनगएकोले यस समस्यालाई निराकरणार्थ नेपाल सरकारलाई भारत सरकारसँग तत्कालै कूटनीतिक पहल गर्न संघले माग गरेको छ ।

भारतीयपक्षले नेपालीनिर्यातकर्ताहरुकावीआईएस लाइसेन्स नवीकरण नगर्दा तथानयाँलाइसेन्स जारी गर्न आनाकानी÷ढिलासुस्तीगर्दा भारतीयबजारमा नेपालीउत्पादनहरुको निर्यात अवरोध हुनगएको छ ।
विशेष गरी नेपाली उद्योगका हकमा आवेदन, निरीक्षण, परीक्षण र स्वीकृतिका सम्पूर्ण चरणहरुको समयसीमा स्पष्ट रुपमानिर्धारण नगरिएको अवस्था छ जस कारण दुई देशबीचको द्विपक्षीयव्यापार प्रभावितभएको संघका अध्यक्ष अनुपम राठीले जारी गर्नु भएको विज्ञेप्तीमा उल्लेख छ ।

यस सम्बन्धमाआज यस संघबाट उद्योग विभागकामहानिर्देशक र नेपालउद्योग वाणिज्य महासंघलाई समेत पत्राचार गरी भारतीयपक्षको सो नन टेरिफ वेरियर (गैर–भन्सार अवरोध)ले नेपालका निर्यातजन्य उद्योग÷व्यवसायहरु प्रत्यक्षआर्थिक क्षति पु¥याई रहेको व्यहोरा अवगत गराई त्यस प्रकारको अवरोधलाई तत्कालै अन्त्य गराउनमाग गरिएको छ ।

सरकारले तत्काल कूटनीतिक च्यानलप्रयोग गरी यस विषयलाई सम्बोधननगरे नेपालीउद्योगहरु धराशायीहुने अवस्थाआउन सक्ने तथा नेपालीउद्योगीहरुले भारतसँगको व्यापार घाटा कम गर्न निर्यात सहजीकरण नै प्रमुखउपायभएको हुँदा यस्ता सानातिनाप्राविधिक समस्याहरुलाई प्राथमिकताका साथ सुल्झाउन र भविष्यमा समेत त्यस्ताअवरोधहरु दोहोरिन नदिनभारतसँगउच्च र नीतिगततहमा ठोस वार्ता गरी स्थायी संयन्त्रनिर्माण गर्न नेपाल सरकार समक्ष यो संघ जोडदार मागगर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *