पत्रकारिताक्षेत्रको विकासमा प्रदेस सरकार प्रतिवद्ध–मन्त्री पराजुली

कुमोद अधिकारी
१९ जेठ,
विराटनगर । कोशी प्रदेसका आन्तरिक मामिलातथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले पत्रकारीता क्षेत्रको विकासमा प्रदेस सरकार प्रतिवद्ध रहेको वताउनु भएको छ ।
कोशी प्रदेस सरकारले ल्याउन लागेको वजेटमा पत्रकारहरुको माग संवोधन गर्ने उदेश्यले मन्त्रालयले आज आयोजना गरेको पत्रकारसंगको अन्तरक्रिया एंव छलफल कार्यक्रममा उहाले पत्रकारहरुको व्यवसायिक हित तथा पत्रकारहरुको क्षमता विकासमा आगामी वजेटले जोड दिने वताउनुभयो ।
लोकतन्त्र स्थापना र मुलुकमा संघियता कार्यान्वयका लागि पत्रकारहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको चर्चा गर्दै विगतका वर्षमा जास्तै यो वर्षको वजेटमा पनि पत्रकारहरुको विषय संवोधन हुने उहाको भनाई थियो ।
पत्रकारको क्षमता विकास, लेखनवृति, समानुपातिक विज्ञापन तथा रेडियो, टेलिभिजन, , अनलाइन साथै छापा पत्रिकालाई केन्द्रमा राखेर वजेट ल्याउन लागेकाले छलफलमा उठेका कुरालाई लिखित रुपमा मन्त्रालयलाई उपलव्ध गराउन उहाले आग्रह गर्नुभयो ।
पत्रकार महासंघ कोशी प्रदेसले कोशी प्रदेसका १४ वटै जिल्लाका पत्रकारहरुले उठाएको विषय संवोधन हुने गरि सुझाव संकलन गरेर जेठ २१ ग्ते भित्र लिखित रुपमा आफना कुराहरु मन्त्रालयलाई उपलव्ध गराउन मन्त्री पराजुलले आग्रह गर्नुभयो ।
पत्रकारीता क्षेत्रको विकासमा विगतका वार्षमा प्रदेस सरकारले ल्याएको कार्यक्रमलाई परिमार्जन गरेर त्यसलाई कसरी थप प्रभावकारी वनाउन सकिन्छ भन्ने विषयमा समेत सुझाव दिनुपर्नेमा उहाले जोड दिनुभयो ।
सो अवसरमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले पत्रकारिता क्षेत्रका विकासमा लागि पत्रकारहरुका लागि ल्याइएको कार्यक्रम प्रभावकारी प्रतिफल दिने खालका हुनुपर्ने वताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेसका अध्यक्ष भरतवहादुर खडकाले कोशी प्रदेसको पत्रकारिता क्षेत्रका विकासमा प्रदेस सरकारको भुमिका सराहनिय रहेको उल्लेख गर्दै स्थानिय मिडियालाई थप वलियो वनाउने खालका कार्यक्रम संवोधन हुनेगरि आगामी वजेट ल्याउन प्रदेस सरकार संग आग्रह गर्नुभयो ।
कार्यक्रममा कोशी प्रदेस पत्रकार महासंघका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हेमा चेमजोम, सल्लाहकार विक्रम लुइटेल, लिलावल्लभ घिमिरे, विवेक गौतम तथा वरिष्ठ पत्रकार यज्ञ सर्मा, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशिला पाठक, सुनसरी अध्यक्ष सन्तोष काफले प्रेस युनियन कोशी प्रदेस अध्यक्ष मिनकुमार नवोदित प्रेसचौतारी प्रदेस अध्यक्ष सुमन पुरी, समाजवादी प्रदेस संगठनका प्रदेस अध्यक्ष वन्धु पोखरेल, प्रेस सेन्टरका प्रदेस महासचिव गोकुल पराजुली, संचारिका समुहकी महासचिव जुनु भट्राई तथा प्रेस युनियन मोरङ अध्यक्ष वेदराज पौडेल लगायतले पत्रकारहरुको हकहिताका विषयलाई आगामी वजेटमा समावेश गराउनुपर्नेे सुझाव दिनभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *