प्रदेशको विकास र समृद्धिमा संंचारकर्मीको भुमिका महत्वपुर्ण, मुख्यमन्त्री कार्की

कुमोद अधिकारी विराटनगर
१० पुष,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संचारकर्मीहरुले प्रदेशको विकास र समवृद्धिका लागि कलम चलाउनुपर्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ मोरङको कार्यालयमा आज आयोजित नेपाल पत्रकार महासंघ मोरङ शाखाको नव निर्वाचित नयाँ कार्यसमितिको प्रमाणपत्र वितरण तथा पद्ध हस्तान्तरण कार्यक्रममा उहाँले चौथो अगंको रुपमा स्थापित पत्रकारिता पेशालाई मर्यादित बनाउनु सत्यतथ्यमा आधारित समाचार सम्पे्रषण गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकारहरुको सेवा सुविधा वृद्धिका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउदै मुख्यमन्त्री कार्कीले अव बस्ने कोशी प्रदेशको हिउँदे अधिवेशनमा संचार प्रतिष्ठान ऐ्न ल्याउन लागेको बताउनुभयो । उहाँले यहि माघ महिनामा बस्ने हिउँदे अधिवेशनमा सो ऐन ल्याउनृे र ऐन कार्यान्वयमा आएपछि समग्र पत्रकारिता क्षेत्रको विकासमा ठुलो बल पुग्ने कार्कीको भनाई थियो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई स्थापित गर्न आगामी हिउदे अधिवेशनमा आधादर्जन भन्दा बढि विधेयक टेवुलगर्न लागेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले संघीयता कार्यान्वयन संगै समग्र प्रदेशको विकासमा उल्लेखनिय काम गरेको बताउदै प्रदेश सरकारले गरेको राम्रा कामलाई जनता सामु पु¥याउन र काम गर्ने सिलसिलामा सरकारवाट केही कमी कमजोरी भए त्यसलाई पत्रकारहरुले औल्याउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा उहाँले कोशी प्रदेश सरकारले प्रदेशमा लगानी भित्राउन लगानी सम्मेलन, चिया सम्मेलन तथा कोशी प्रदेश पर्यटनवर्ष–२०८२ आयो्जना गर्न लागेको समेत जानकारी गराउनुभयो ।
सो अवसरमार नेपाली पत्रकार महासंघका नवनिर्वाचि केन्द्रिय सदस्य शंखर खरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलावल्लभ घिमिरे, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पुर्व अध्यक्ष विक्रम लुइटेल, पत्रकार महासंघ मोरङका पुर्व अध्यक्ष दिपक दाहाल तथा यज्ञ शर्मा लगायतले नव निर्वाचित अध्यक्ष तथा पद्धाधिकारी सहित प्रदेश पार्सद तथा सदस्यहरुलाई कार्यकालको शुभकामना दिनु भएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ मोरङका सभापती सुशिला पाठक सहित जिल्लाका पद्धाधिकारी तथा सदस्य एंव प्रदेश परिषद सदस्यहरुलाई मुख्यमन्त्री कार्कीले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *