वराहक्षेत्रमा अस्वस्थ कर माछा बिक्री निषेध

पुस ३ गते । सुनसरीको वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका हाट, बजार र पसलहरूमा भारत लगायतका छिमेकी मुलुकहरूबाट ल्याइएका मरेका माछाहरू बिक्री वितरणमा पूर्ण निषेध गरेको छ । नगर कार्य पालिकाको बैठकले पुस १ गतेदेखि लागु हुने गरी निषेध गरिएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । 

उपभोक्ताहरूको अधिकार र स्वास्थ्यलाई ध्यानमा राख्दै मरेका अस्वस्थ कर माछा बिक्री वितरणमा रोक लगाएको नगर प्रमुख रमेश कार्कीले बताउनु भयो । खुल्ला सिमानाको  फाइदा उठाउँदै मरेका अस्वस्थ कर माछाहरू बिक्री वितरणको लागि नगर क्षेत्रका बजार हरूमा आउने हुँदा बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको नगरपालिकाले जनाएको छ । 

अवैध रूपमा अस्वस्थ कर माछा आउने जनगुनासो उपभोक्तहरुले गरेपछि कार्यपालिकाको निर्णयबाटै निषेध गरिएको जनाइएको छ । पालिकाले अस्वस्थ कर माछा बिक्री वितरण नगर्न सार्वजनिक सूचना नै जारी गरेको छ । व्यपारीहरुले  अटेर गरी अस्वस्थ कर माछा बिक्री वितरण गरेको पाइएमा सम्पूर्ण सामान जफत गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम दण्ड जरिवाना गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले हस्ताक्षर गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *