कुमोद अधिकारी
विराटनगर, पुस १३ –
नेपाल बार एशोसिएसनको आयोजनामा ३१औं राष्ट्रिय महिला कानुन व्यवसायीहरुको सम्मेलन आजबाट विराटनगरमा सुरु भएको छ । दुइदिने सम्मेलनमा देशभरका एक हजारभन्दा बढी महिला कानुन व्यवसायी हरुको सहभागिता रहेको छ ।
सम्मेलनका एक कायृक्रमका विच सर्वोच अदालतका वरिष्ठ न्यायधिश सपना मल्ल प्रधानले उद्घाटन गर्नुृभयो । सो अवसरमा वोल्नुहुदै उहाले कानुन व्यवसायमा महिलाहरुलाई टिकाई राख्न सर्वोच अदालतले रणनितिक योजना तयार गरेको वताउनुभयो । महिला कानुन व्यवसायहरुलाई आफनाो पेशमा टिकाई राख्न उनिरुको दक्षता अभिवृद्धमा जोड दिनुपर्ने उहाको भनाई थियो ।
उहाले महिला कानुन व्यवसायीहरु कानुन निमार्णका संवाहक भएकाले यो पेशामा टिकाई राख्न महिला कानुन व्यवसायी हरुको क्षमता अभिवृद्धिमा जोड दिनुभयो ।
उहाले न्याय सम्पादनलाई छिटो छरितो एंव पारदर्सी वनाउन मेलमिलापको नितिमा उहाले जोड दिनुयभो । उहाले कतिपय मुद्धाहरुलाई आवश्यकता अनुसार मेलमिलापको निति अपनाएर अघि वढनुपर्ने वताउनुभयो ।
सर्वोच अदालतका न्यायधिश सांरगा सुवेदीले न्यायमा सवैको पहुच पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा ७७ वटै जिल्ला बार, उच्च बार र सर्वोच्च बारका महिला कानुन व्यवसायीहरूको सहभागिता रहेको छ। सम्मेलनले महिलाको समानुपातिक सहभागीता, पेशागत चुनौती र अवसर, लैङ्गिक तथा यौनजन्य हिंसा पीडितको न्यायमा पहुँच, पुनस्र्थापना, र निःशुल्क कानुनी सेवा जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ । सो अवसरमा महिला कानुन व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो ।
सम्मेलनले महिलाको आर्थिक सशक्तीकरण, प्रजनन स्वास्थ्य अधिकार, सूचना प्रविधिमा पहुँच, र वातावरणीय परिवर्तनको प्रभाव जस्ता विषयमा पनि बहस हुने जानाइएको छ ।
सम्मेलनको मुख्य उद्देश्य कानुन व्यवसायी महिलाको पेशागत अवस्था सुधार गर्नुका साथै न्यायिक प्रक्रियामा महिलाको पहुँच र भूमिका प्रभावकारी बनाउनु रहेको छ । सम्मेलन पुस १४ गते सम्म संचालन हुने छ । सम्मेलनमा विराटनगर घोषणापत्र समेत जारी गर्ने छ ।