कुमोद अधिकारी विराटनगर
७ असोज,
उदयपुर जिल्लाको वोप्ताङ डाडा प्याराग्लाइडिङको हव वन्दै गएपछि त्यस्को व्यवसायिक उडानका लागि कोशी प्रदेस सरकार सक्रिय भएको छ । सो जिल्लाको वेलका नगरपालिका–८ स्थित वोप्ताङ डाडावाट प्याराग्लाइडिङको व्यावसायिक उडान संचालनका लागि प्रदेस सरकार सक्रियता देखिएको हो ।
वोप्ताङ डाडादेखि सप्तकोशी नदीको किनारमा रहेको डुमरीभोटे सम्म विगत तिनवर्ष देखि प्याराग्लाइडिङ संचालकहरुले उडान गर्दै आएका छन । सो क्षेत्रमा व्यावसायिक उडानका लागि प्याराग्लाइडिङ संचालकहरुले प्रदेस सरकारलाई आग्रह गर्दै आएका छन ।
असोज महिना देखि संचालन हुने प्याराग्लाडिङका लागि सो क्षेत्रमा भारतिय मात्र नभएर फ्रान्स, डेनमार्क तथा जर्मनीवाट समेत विदेशी पर्यटकहरु त्याहा पुग्ने गर्दछन । उनिहरु दुइदेखि देखि तिन महिना सम्म होटेलमा वास वसेर प्याराग्लाइडिङका मज्जा लिने गरेका छन ।

वोप्ताङ डाडा स्टेसनवाट डेढ किलोमिटर तल डुमरीभोटे सम्म ४ सय ८५ फिट उचाईमा प्याराग्लाइडिङमा उडानगर्दा प्रसिद्ध धार्मिक स्थल वराहक्षेत्र मन्दीर, धर्तीको पहिलो तिर्थस्थल प्राचिन हरिद्धार चतराधाम, कुलुङ झर्ना, टङकेला गुफा तथा कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा रहेका हात्ती, अर्ना, वदेल, वारसिंगे, निलगाई तथा जरायो जस्ता जंगली जनावरको वथान देखिनुका साथै सप्तकोशी नदी, प्राकृतिक सौन्दर्यता , मोरङ, सुनसरी, उदयपुर, सिराहा , सप्तरी जिल्लाका भुभाग, श्रीलंका टप्पु तथा मौसम खुलेको अवस्थामा विश्वकै सवैभन्दा अग्लो सगरमाथा हिमालको समेत सहजै अवलोकन गर्न सकिन्छ ।

यसै विच प्याराग्लाइडिङ व्यवसायिक उडानका लागि पर्यटन , वन तथा वातावरण मन्त्रालय कोशी प्रदेसको सचिव सहित प्याराग्लाइडिङ संचालक तथा होटेल व्यवसायीको टोलीले सो क्षेत्रको अवलोकन गरेको छ ।
अवलोकनको क्रममा मन्त्रालयका सचिव विशाल घिमिरेले, सो क्षेत्रमा प्याराग्लाइडिङको प्रसस्त संभावना र उपयुक्त स्थान रहेको आफुले पाएको र त्यस्को व्यवसायिक उडानका लागि मन्त्रालयको सहयोग रहने वताउनुभयो ।
व्यवसायिक उडान वाट पर्यटन प्रवर्धनमा सहयोग पुग्ने भन्नुहुदै उहाले यसक्षेत्रमा प्याराग्लाईडिङको विकासका लागि राष्ट्रिय स्तरका विभिन्न इभेन्टहरु संचालनगर्दै त्यस्को प्रचार प्रसार गर्दै जाने वताउनुभयो । प्याराग्लाडिङको सैरगर्दा त्याहाको प्राकृतिक मनोरम दृष्यले आफुलाई मन्त्रमुग्ध वनाएको र आन्तरिक तथा वाह्रय पर्यटकहरुपनि प्याराग्लाडिङको सैर गर्ने वातावरण वनाउनुपर्नेमा उहाले जोड दिनुभयो ।सचिव घिमिरेले कोशी कोशी प्रदेसका ८२ मुख्य पर्यटन गन्तव्यलाई लक्षितगर्दै २०८२ का लागि ८२ भन्ने मुल नाराका साथ प्रदेस सरकारले पर्यटनवर्ष– २०८२ घोषणा गरिसकेको यसले कोशी प्रदेसका पर्यटन प्रवर्धनलाई वढावा दिने वताउनुभयो ।
सरकारले घोषण गरेको पर्यटन वर्षलाई सफल वनाउन प्रदेस सरकार, निजिक्षेत्र तथा सेवामुलुक क्षेत्र विच समन्वय र सहकार्य आवश्यक रहेको उहाले वताउनुभयो ।

होटेल तथा पर्यटन व्यवसायी संघ उदयपुरका जिल्ला अध्यक्ष डेभिड वस्नेतले, सन २०१० मा गरिएको सर्वेक्षणमा सुनकोशी नदी ¥याफटिङका लागि विश्वकै सातौ उपयुक्त र सुरक्षित स्थानमा परेकाले प्याराग्लाइडिङ संगै ¥याफटिङ संचालनमा समेत जोड दिनुभयो ।
सप्तकोशी किनारमा वेलका रिभर विच रिर्सोट संचालन गर्दै आउनु भएका रमन भटराइले, पोखराको जस्तै यो जिल्लामापनि प्याराग्लाडिङको प्रसस्त संभावना रहेकाले यस वारे राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार आवश्यक रहेको वताउनुभयो ।
सप्तकोशी किनारमा रहेको वोप्ताङ डाडावाट एकैचोटी धेरै उडानगर्न सकिने र प्याराग्लाइडिङको टेकअप र लेन्डिङका लागि सो स्थान सुरक्षित र भरपर्दो रहेको प्याराग्लाइडिङ संचालक सुरेन गुरुङले वताउनुभयो ।
अहिले उदयपुरकको वोप्ताङ संगै चम्पाकोट, रौताडाडा लगायत विभिन्न स्थानवाट प्याराग्लाइडिङ संचालकले परिक्षण उडान गर्दै आएका छन ।

उदयपुरमा प्याराग्लाडिङका प्रशिक्षार्थीहरुको ट्रेनिङका लागि विद्यालय समेत संचालनमा आएको छ । सो विद्यालयमा दर्जनौ विद्र्याथीहरुले ट्रेनिङ लिने र त्याहा आएर उडान गर्ने गरेका छन ।
अहिले निजि स्तरमा ग्लाइडर खरिद गरेर संचालक हरुले उडान गर्ने गरेका छन । विदेसी पर्यटकहरुले ग्लाइडर आफै लिएर आउने र प्याराग्लाइडिङ गर्ने गरेको होटल तथा पर्यटन व्यवसायी वस्नेतको भनाई छ ।
प्याराग्लाइडिङको व्यवसायिक उडान संचालनगर्ने सके पर्यटकको आगमनले होटल व्यवसायीलाई मात्रा होइन याहाको कृषि उपज समेत खपत हुने हुदा त्यस्को प्रत्यक्ष फाइदा किसानलाई पुग्ने वताएको छ ।