कुमोद अधिकारी विराटनगर
२९ भदौ,
मोरङको जहदा गाउँपालिका–३ वनरखोखियामा शनिबार वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम अन्तर्गत ६ सय टिक र मसला प्रजातिको विरूवा रोपिएका छन ।
बनरखोखिया वृक्षारोपण उपभोक्ता समितिले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा कोशी प्रदेसका सांसद अमृत अर्याल, जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह, गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत विनोदकुमार भण्डारी, समितिका अध्यक्ष देवनारायण राजवंशी, डिभिजन वन कार्यालय मोरङका निमित्त प्रमुख हेमन्त पराजुली तथा स्थानीयवासीको ठूलो संख्यामा सहभागि रहेको थियो । उनिहरुले सयुक्त रुपमा वृक्षारोपण गरेका थिए ।
बनरखोखियाको वृक्षारोपण गरिएको १ विगाहा ६ कठ्ठा जग्गा स्थानीय व्यक्तिले जोतखन गर्दै आएकोमा त्यस्को संरक्षणका लागि पालिकाले सो जग्गामा वृक्षारोपण गरेको हो ।
पालिकाले सो सार्वजनिक जग्गाको खोजी गरी गाउँपालिका मातहतमा ल्याइएको थियो । गाउँपालिकाले सो स्थानलाई पिकनिक स्पटको रूपमा विकास गर्ने र सो क्षेत्रलाई पर्यटन स्थल वनाउने गरी सो जग्गाको घेराबेराका लागि पालिकाले ७ लाख रूपैयाँ विनियोजन गरेको छ ।

कार्यक्रममा वोल्नुहुदै प्रदेस सांसद अर्यालले सार्वजनिक जग्गाको खोजी गर्दै यस्ता जग्गालाई जनकल्याणकारी कार्यमा लगाउनु पर्ने बताउनुभयो । उहाले प्रदेश सांसदका रूपमा आफूले सो क्षेत्रमा पुल निर्माणदेखि राहत वितरणमा सक्रियता देखाएको बताउनुभयो ।
पालिकाका अध्यक्ष साहले रोपिएको विरुवावाट पर्यावरण संरक्षण्मा सहयोग पुग्ने वताउदै विरुवा संरक्षण पालिकाले गर्ने र सो कार्यमा स्थानियको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रमुख प्रसासकिय अधिकृत भण्डारीले पालिकामा रहेका अन्य सरकारी जग्गाको खोजीगर्ने अभियानमा पालिका जुटेको भन्नुहुदै अव खाली तथा एैलानी जग्गालाई वृक्षारोपण गरेर हराभरा वनाउने वताउनुभयो ।

कार्यक्रममा डिभिजन वनका निमित्त प्रमुख पराजुली तथा नेपाली कांग्रेस जहदा गाउपालिकाका सभापति महेन्द्र प्रसाद मण्डलले रोपिएका विरूवाको संरक्षण आवश्यक रहेको बताउनुभयो ।