कुमोद अधिकारी विराटनगर
भदौ २८ शुक्रवार
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रवार मन्त्रीमण्डल विस्तार गर्नु भएको छ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएसंगै काशी प्रदेशमा मन्त्रीमण्डल १० सदस्यीय भएको छ ।
नेपाली कांग्रेसका तीन मन्त्री तथा एक राज्यमन्त्री सरकारमा सहभागी भएका हुन । शुक्रवार थप भएका मन्त्रीहरुमा भौतिक पुर्वाधार तथा विकास मन्त्रीमा भुपेन्द्र राई, उधोग, कृषि तथा सहकारी मन्त्रीमा खगेनसिंह हाङगाम, पर्यटन वन तथा वातावरण मन्त्रीमा सदानन्द मण्डल र भौतिक पुर्वाधार तथा विकास राज्यमन्त्रीमा भुमि प्रसाद राजवंशी रहनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा कार्यक्रमका विच नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद् तथा गोपनियताको शपथ गराउनु भएको थियो । कोशी प्रदेश सरकारमा अव स्वाथ्यमन्त्री र एक राज्यमन्त्री नियुक्त हुन बाँकि छ ।