नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठानद्वारा डा सन्दुक रुइत सम्मानित

कुमोद अधिकारी २४ साउन,

विराटनगर । नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठानले विशिष्ट अनुसन्धान प्रयोग पद्धतिको विकास गरी आँखा चिकित्सा क्षेत्रमा योगदान दिनुहुने डा। सन्दुक रुइत तथा सनातन धर्म सभ्यताको संरक्षणमा योगदान दिने शङ्कराचार्य पीठ वेदवेदाङ संस्कृत पाठशाला झापालाई सम्मान गरेको छ ।
पूर्व प्रधानमन्त्री स्वर्गीय नगेन्द्रप्रसाद रिजालको नाममा स्थापना गरिएको प्रतिष्ठानले विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी डा। रुइत र संस्कृत पाठशालाका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडालाई जनही एक, एक लाख रुपैयाँ सहित सम्मान गरेको हो ।
उहाँहरूलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले सम्मान गर्नु भएको थियो ।


सो अवसरमा बोल्नु हुँदै प्रदेश प्रमुख खापुङले सबै जातजाति समुदाय बीचको आपसी सद्भाव र समझदारीले मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभयो ।
नेपाल हिमाल, पहाड, तराइ मधेशको विविधताले भरिएको देश भएकाले देश बनाउन सबै मिलेर लाग्नुपर्ने उहाँको भनाई थियो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले विश्वमै नेपाललाई चिनाउने डा रुइत जस्तो व्यक्तिलाई प्रतिष्ठानले सम्मान गर्नु प्रदेशकै लागि खुसीको कुरा भएको उल्लेख गर्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म संस्कृति तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई गरिने यस्तो सम्मानले युवाहरूलाई समाजमा केही गर्न थप प्रेरणा मिल्ने बताउनुभयो ।


डा। रुइतले आफूले पाएको सम्मानले आफ्नो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताउनुभयो ।
प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजालले प्रतिष्ठानले प्रत्येक वर्ष देशको कला, संस्कृति तथा सामाजिक क्षेत्रमा कार्यरता व्येक्तितथा संस्थाहरुलाई सम्मान गर्दै आएको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *