साझा प्रयासद्धारा आश्रमका आमाहरुलाई खानाको व्यवस्था

कुमोद अधिकारी विराटनगर
१९ साउन,
विभिन्न क्षेत्रमा सामाजिक कार्यमा सक्रिय रहदै आएको साझा प्रयास नेपाल विराटनगरले जागृति महिला तथा वृद्धाआश्रमाका आमाहरुलाई खाना ख्वाएको छ ।
मोरङको वुढिगंगा गाउपालिका–१ पुष्पलालचोकमा रहेको आश्रमका सातजना आमाहरुलाई आश्रममा पुगेर शनिवार विहानको खाना ख्वाएको संस्थाका अध्यक्ष आशा खडाकाले वताउनुभयो ।
सो अवसरमा अध्यक्ष खडका सहित आश्रमका संस्थापक रेवतवहादुर कार्की, समाजसेवी कविन्द्र कार्की,संस्थाका सल्लाहकार तथा नेपाल किसानसंघ कोशी प्रदेसका कोषाध्यक्ष शान्ती कार्की संस्थाका सचिव इन्दिरा दाहाल, कोषाध्यक्ष पुष्पा कार्की लगायत संस्थाका सदस्यको सहभागिता थियो ।


संस्थाले खानाको व्यवस्था मिलाएकोमा आश्रमका अध्यक्ष भुवनेश्वरी आचार्यले संस्थालाई धन्यवाद दिनुहुदै आगामी दिनमा सहयोगका लागि आग्रह गर्नुभयो ।
संस्थाले विभिन्न मेला महोत्सवको आयोजना गर्दै त्यसवाट संकलन भएको रकम विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको सो अवसरमा जानकारी गराइएको थियो ।
संस्थाले नेपाली महिलाहरुको महानचाड तिजको अवसरमा विभिन्न कार्यक्रमका आयोजना गर्न लागेको संस्थाका अध्यक्ष खडकाले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *