तपमान वृद्धिको विषयमा महानगरपालिका र रेडक्रस द्धारा हिट एक्सन प्लान मस्यौदा तयार

कुमोद अधिकारी विराटनगर
१६ साउन,
पछिल्लो समय तराइका क्षेत्रमा बढेको तापमान बृद्धीका विषयलाई लिएर चिन्ता व्यक्त गरिएको छ । त्यसलाई मध्यनजरगर्दे मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असर न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटी र विराटनगर महानगरपालिकाले हिट एक्सन प्लानको योजना सहित मस्यौदा प्रतिवेदन तयार गरेको छ ।
कोशी प्रदेशमा विराटनगर महानगरलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएको मस्यौदा प्रतिवदेन विराटनगर महानगरका प्रमुख नागेश कोइरालालाई आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुवोधकुमार सिंहल मस्यौदा प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो ।
विराटनगरमा हालैका दिनहरुमा देखिएको औशत तापक्रम विगत भन्दा बढीनै रहेको र आगामि दिनहरु अझ जटिल हुने हुदा यो कामको थालनी भएको हो । केही दिन अगाडि विराटनगरको तापक्रम झण्डै ४० देखी ४१ डिग्री मापन भएको थियो ।
तराईमा ४५ डिग्री तापक्रम सम्म दुई वा दुई दिन भन्दा बढी रह्यो भने रेड अलर्टतिर जाने र ४७ डिग्रीभन्दा माथि गए त्यो एक्स्ट्रिम हिटको अवस्था रहने हुदा यस्ता कुराहरुलाई ध्यान दिनुपर्ने हुन्छ ।
तातो हावा तथा गर्मीवाट कसरी वच्न सकिन्छ भन्ने विषयमा हिट एक्सन प्लानमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन योजनाहरु समेटिएका छन ।
सो अवसरमा वोल्नुहुदै मेयर कोइरालाले तातो हावाले निम्त्याउने समस्यालाई समयमै नबुझे जटिल बन्दै जाने र भविष्यमा समेत गम्भिर असर पर्ने भन्दै त्यस्को न्युनिकारणका लागि हिट एक्सन प्लान कार्ययोजना तयार भएको र यस्को कार्यान्वयनमा नगरवासीको सहयोग आवश्यक रहने उल्लेख गर्नुभयो ।
उहाले वैज्ञानिक तथा वातावरण मैत्री सडक , पुर्वाधार निमार्णगदै वोट विरुवा लगाएर हरियाली वढाउन सके वातावरणवाट पर्ने नाकारात्मक असर कमगर्न सकिने वताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुवोधकुमार सिंहले तातो हावा र गार्मीका कारण मानव जिवनमा गंभिर असर पर्दै गएकाले त्यस्को न्युनिकरण र प्रतिकार्य योजना सहित ल्याइएको हिट एक्सन प्लान योजना कायान्वयनमा जोड दिनुभयो ।
रेडक्रसले नीति अनुरुप विराटनगर महानगर संग सहकार्य गर्दै हिट एक्सन प्लान बनाइएको र यो जति सक्दो चाडो कार्यान्वयनमा आउनुपर्ने उहाको भनाई थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य विनोदकुमार वस्नेत, अन्तराष्ट्रिय रेडक्रस सोसाइटीका प्रतिनिधि माधन उप्रेती, फिनल्याण्ड रेडक्रसका नेपाल प्रमुख सुषमा श्रेष्ठ, तथा रेडक्रस कोशी प्रदेसका प्लानिङ अफिसर किरण सेढाइले हिट एक्सन प्लानको उदेश्य माथी प्रकास पार्नु भएको थियो ।
भारतका धेरै जसो भू भागमा गत साल ४७ डिग्री नाघेको थियो, यस वर्ष पनि नाघ्ने देखिन्छ । नेपालमा पनि त्यो सम्भावना नकार्न सकिँदैन । पहाडमा ३० डिग्री भन्दा बढी भयो भनेपनि त्यो हिट वेभ हो । ठाउँअनुसार थ्रेसहोल्ड हुन्छ । तापक्रम वृद्धि भयो, लू भयो भनेर मात्रै हुँदैन । यसलाई हामीले प्रभावमा आधारित पूर्वसूचनाको रूपमा पनि लैजानुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *