कुमोद अधिकारी
१२ साउन,
विराटनगर । बस र विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा विराटनगरमा दीप प्रज्वलन गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर कमिटिले सुक्रवार सांझ ट्राफिक चोकमा दीप प्रज्वलन गरेको हो ।
परिषद्ले त्रिसुलीमा भएको बस दुर्घटना र सौर्य एयरलायन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको परिषद्ले जनाएको छ ।
त्यसैगरि दुवै घटनामा ज्यान गुमाएकाको सम्झनामा श्रीहरी सत्संग समिति, श्रीकृष्ण गौ प्रेमी समुह, नेपाल भारत सस्कृती संघ, स्वर्णकार समाज तथा मर्निङवाक ग्रुपले समेत सयुक्त रुपमा दिप प्रज्वलन गरेका छन ।
गत बुधबार भएको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए भने गत असार १८ गते चितवनको भरतपुर स्थित सिमलतालमा पहिरोमा परी दुईवटा बस नदीमा खसेको थियो ।
बसमा भएका ६५ यात्रुमध्ये ३ जनाले ज्यान जोगाउन सफल भएका थिए भने ६२ जना बेपक्ता भएका थिए । जसमध्ये १९ जनाको शव भेटिएको छ भने अन्य यात्रु र बसको अवस्था अहिलेसम्म अज्ञात छ ।